Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आँचलले अब ‘शत्रु गते’ जस्ता फिल्म नगर्ने

फिल्मीखबर, काठमाण्डौ, 2018/06/28
'नाई नभन्नू ल ४' बाट नेपाली रजतपटमा भित्रिएकी अभिनेत्री आँचल शर्मा गएको चैत ९ गते प्रदर्शनमा आएको फिल्म 'शत्रु गते' पछि भदौ १ गते फिल्म 'ब्ल्याक' मार्फत् फेरि पर्दामा देखिँदैछिन् । एकपछि अर्को फिल्ममा अभिनेता पल शाहभन्दा अरुसँग जोडी नबाँधेकी उनले यसमा भने आकाश श्रेष्ठसँग रोमान्स गरेकी छन् । 
 
'शत्रु गते' बक्सअफिसमा हिट हुँदा पनि आँचलको खासै चर्चा भएन । आफ्नो खातामा एक हिट फिल्म 'प्लस' भयो भन्ने खुसीबाहेक उनले चित्त बुझाउने ठाउँ अरु थिएन । तर, उनी 'शत्रु गते' ले आफ्नो करिअरलाई अगाडि बढाउन ठूलो सहयोग गरेको बताउँछिन् । 
 
 
बिहीवार फिल्म 'ब्ल्याक' को ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, 'हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ जस्तो बरिष्ठ व्यक्तिसँग काम गर्न पाएँ त्यो मेरो लागि सानो कुरा होइन । तर अब म हुलमुलका फिल्म गर्दिनँ ।' 
 
'शत्रु गते' मा मल्टिस्टारर कलाकारहरुको अभिनय थियो । यसकारण उनलाई दर्शकले आफूलाई चिन्ने हुन् वा होइनन् भन्ने ठूलो डर थियो । रिजल्ट सोचेजस्तै आयो । धेरै कलाकार हुँदा उनी खासै नोटिसमा परिनन् । अब उनले 'शत्रु गते' जस्ता हुलमुलका फिल्म नगर्ने निर्णय लिएकी छिन् । 
 
'शत्रु गते' ले फाइदा पनि भयो अनि हुलमुलका फिल्म पनि गर्दिन ? कुरा बाजिएन र ? पत्रकारको प्रश्न उनीमाथि तेर्सियो । उनले जवाफ दिँदै भनिन्, 'धेरै कलाकार हुँदो नोटिस हुन गाह्रो हुँदो रहेछ भन्ने बुझेँ । 'ब्ल्याक' मा म र आकाश प्रमुख भूमिकामा छौं । दर्शकले फिल्म हेर्दा मलाई राम्रोसँग नोटिस गर्नुहुन्छ । यसकारण अब सोलो भूमिका भएमात्र काम गर्ने गर्ने सोच छ ।' 
 
आँचलको यो कुराले 'शत्रु गते' बाट उनलाई नाफाभन्दा बढी घाटा भएको प्रष्ट हुन्छ । के भोलीका दिनमा उनलाई हुलमुलमा नमिसाई लिड रोलमा लिन निर्माता/निर्देशकले जोखिम उठाउँलान् ? हेर्न बाँकी छ । 
Most Visited News (monthly)