Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मायाङ्क’ मा शुशीलको जोडी ज्योत्सना, प्रशान्तको को ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/27
'ह्यान्डसम भिलेन' को उपनामले परिचित प्रशान्त ताम्राकारको प्रमुख भूमिकामा फिल्म ‘मायाङ्क’ बन्ने भएको छ । यो फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । 
 
 
रोमी मानन्धरले निर्देशन गर्ने यसमा प्रशान्तसँगै शुशील उप्रेती र ज्योत्सना योगीको पनि अभिनय रहनेछ । फिल्ममा अझै एक नायिका लिड अभिनयमा रहनेछिन् । तर, निर्माण टिमले उनको नाम र भूमिका गोप्य राखेको छ । 
 
 
कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताईयो । निर्देशक रोमीले ‘मायाङ्क’ मिठो प्रेमकथामा बन्ने लागेको बताइन् ।
 
यो फिल्ममा अभिनय गर्न आफूले डेढ बर्षदेखी मेहनत गरिरहेको नव-नायक शुशील उप्रेतीले बताए । उनी निर्देशकले चाहेअनुसार फिल्ममा दिनका लागि आफूले पूरा मेहनत गरिरहेको बताउँछन् । 
 
 
अभिनेता प्रशान्त ताम्राकारले 'मायाङ्क' मा आफ्नो अरु फिल्ममा भन्दा भिन्न भूमिका रहेको बताए । यस्तै, नायिका ज्योत्सना योगीले यो फिल्म आफूले खोजेको जस्तै फिल्म रहेको बताईन् । जितेन्द्र खतिवडाले यो फिल्म निर्माण गर्दैछन् । 
 
 
‘मायाङ्क’ को भदौ पहिलो साताबाट छायांकन सुरु हुँदैछ भने माघमा रिलिज गर्ने तयारी रहेको निर्माता खतिवडाले बताए । फिल्म प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो ।
Most Visited News (monthly)