Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘यात्रा’ का लागि सलोनले छाडे ‘ब्रेकअप’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/27
अभिनेता सलोन बस्नेतले हेमराज विसी निर्देशित फिल्म ‘ब्रेकअप’ बाट हात झिकेका छन् । नेपालसँगै अष्ट्रेलियामा खिचिने यो फिल्ममा अभिनेता आशिरमान देशराज जोशी प्रमुख भूमिकामा छन् । अष्ट्रेलिया सुटिङका लागि निर्माण टिम मंगलवार मात्र त्यसतर्फ प्रस्थान गरेको छ । 
 
‘ब्रेकअप’ छाड्नुको कारण के हो त ? असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म 'बाबु कान्छा' को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले यस विषयमा मुख खोले । उनी निर्माण टिमसँगको सहमतीमै आफू फिल्मबाट बाहिरिएको बताउँछन् । 
 
 
उनी भन्छन्, 'अहिले म फिल्म 'यात्रा' मा व्यस्त छु । ‘ब्रेकअप’ साइन गर्दाखेरि नै यो मितिमा म टाइम दिन भ्याउँदिनँ भनेको थिएँ । भिषा प्रक्रियामा धेरै समय लाग्यो । 'यात्रा' को सुटिङ नभ्याइएका कारण ‘ब्रेकअप’ लाई समय दिन सकिनँ ', उनले भने । उनले अष्ट्रेलियाको भिषा आफूले नपाएको खबर गलत रहेको पनि बताए । 
 
‘ब्रेकअप’ बाट हात झिक्दा सलोनलाई एउटा कुरामा भने ठूलो फाइदा भएको छ । आफ्नै पिता शोभित बस्नेतको निर्माण र निर्देशन रहेको फिल्म 'बाबु कान्छा' को प्रचारमा उनले समय निकाल्न पाएका छन् । हुनत, बिहीवार सबेरै उनी हेटौंडातर्फ फिल्म 'यात्रा' को सुटिङका लागि लाग्दैछन् । 
 
सह-अभिनेतामा पछिल्लो समय सलोनको डिमाण्ड राम्रो छ । उनी अचेल एक फिल्मबापत १० लाखसम्म पारिश्रमिक बुझ्ने गरेका छन् । 'गाजलु', 'ए मेरो हजुर २' जस्ता बक्सअफिसमा सफल मानिएका फिल्मपछि उनको लोकप्रियता चुलिएको छ । 
 
हेर्नुहोस् 'बाबु कान्छा' को ट्रेलर  :-

Most Visited News (monthly)