.jpg)
पूर्वमिस नेपाल तथा ‘गाजलु’ फेम्ड अभिनेत्री सृष्टि श्रेष्ठ झण्डै २ वर्षदेखि काँचको पर्दाबाट टाढा छिन् । सुपरस्टार अनमोल केसीसँग उनले 'गाजलु' फिल्मबाट डेब्यु गरेकी थिइन् । बक्सअफिसमा सफल यो फिल्मपछि उनको पुनरागमन भएको छैन ।
सृष्टिको फिल्मको प्रतिक्षामा रहेका दर्शकलाई खुसीको खबर भने पक्कै छ । उनी अभिनीत दोस्रो फिल्म 'रोमियो एण्ड मुना' आउँदो साउन ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यसमा उनको अपोजिटमा अभिनेता विनय श्रेष्ठ छन् ।
.jpg)
'गाजलु' र यस फिल्ममा सृष्टिको क्यारेक्टरमा खासै अन्तर छैन । दुवैमा उनले एक सोझी युवतीको भूमिका निर्वाहा गरेकी छन् । 'रोमियो एण्ड मुना' मा उनी एक गाउँले युवतीको भूमिकामा छिन् । तर, उनी 'गाजलु' भन्दा यस फिल्ममा आफ्नो भूमिका फरक रहेको बताउँछिन् ।
सृष्टिलाई धेरैले 'अनमोल केसीकी हिरोइन' भनेर चिन्दछन् । कारण, 'गाजलु' अनमोलको स्टारडमका कारण बक्सअफिसमा चम्किएको थियो । सृष्टिले यो फिल्मबाट आफूलाई अभिनेत्रीको रुपमा चिनाउन सफल भएकी थिइन् । तर आफ्नो नाम अगाडि 'अनमोल' नछुट्नु कति फाइदाजनक छ ? के 'अनमोल केसीकी हिरोइन' को ट्याग 'रोमियो एण्ड मुना' ले मेट्न आवश्यक छ ?
मंगलवार सानेपा हाइटमा रहेको 'इन्टरर्याक्सन क्लब' मा पत्रकार भेटघाटको क्रममा उनले भनिन्, 'मलाई यो समस्या हो जस्तो लाग्दैन । मलाई मिस नेपालको रुपमा निकै थोरैले चिन्दछन् होला तर 'गाजलु' हेर्नुभएका धेरैले अनमोलको हिरोइन भनेरै चिन्नुहुन्छ । 'गाजलु' हिट हुनुमा सबैभन्दा ठूलो श्रेय अनमोललाई नै जान्छ ।'
.jpg)
उनी अगाडि थप्छिन्, 'म उसलाई सम्मान गर्छु । मलाई दर्शकले 'अनमोलको हिरोइन' भनेर चिन्नुहुन्छ भने केही छैन । म त्यसमा खुसी छु ।' उनले अनमोलको स्टारडमको पनि खुलेरै प्रशंसा गरिन् । पछिल्लो समय यूथहरु फिल्म हेर्न हल जानुको पछाडिको अनमोलको स्टारडम रहेको उनको तर्क छ ।
उनी 'रोमियो एण्ड मुना' का अभिनेता विनय श्रेष्ठ र अनमोल केसीको स्वभाव उस्तै रहेको बताउँछिन् । 'दुवैसँग काम गर्दा मलाई सहज भयो । दुवैजना हम्बल हुनुहुन्छ । स्टारडमको घमण्ड दुवैमा छैन । रेस्पेक्टफूल हुनुहुन्छ । सेटमा मलाई सधै सपोट गर्नुभयो । दुवै असल हुनुहुन्छ', उनले भनिन् ।
.jpg)
अनमोल र विनय दुवै नेपाली फिल्म इन्डष्ट्रीलाई कसरी माथि उठाउने भनेर चिन्ता गर्ने सृष्टि सुनाउँछिन् । उनले भविष्यमा दुवैसँग काम गर्न आफू तयार रहेको पनि बताइन् ।

