Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदीपलाई वर्षमा ५ फिल्म गर्न रेखाको सुझाव

फिल्मीखबर, काठमाण्डौ, 2018/06/27
 
एक समयकी 'स्टार' अभिनेत्री रेखा थापाले युवा स्टार प्रदीप खड्कालाई वर्षमा ५ वटासम्म फिल्म गर्न सुझाव दिएकी छिन् । केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा भेटिएकी उनले डिमाण्ड भएको बेला वर्षमा एउटा मात्र फिल्म गरेर नखुम्चन प्रदीपलाई सल्लाह दिइन् । 
 
उनी भन्छिन्, 'प्रदीप मलाई मन पर्ने हिरो हो । ऊ आफ्नै कारणले यहाँसम्म आइपुगेको हो । तर म उसलाई ४/५ वटा फिल्म वर्षमा गर्न सुझाव दिन्छु । अहिले उसको डिमाण्ड राम्रो छ । यो दर्शकको डिमाण्ड हो । समय कहिले अडिँदैन । समयलाई चिन्न सक्नुपर्छ ।'
 
उनी वर्षमा एउटा मात्र फिल्म गरेर दर्शकलाई निराश नबाउन आग्रह गर्छिन् । 'मैले पनि एक टाइममा ५/७ वटासम्म फिल्म गर्थेँ तर एक समय आएपछि मैले ब्रेक गरेँ । एउटा टाइम आएपछि चाहिँ छाडनु पर्छ तर दर्शकलाई धेरै प्रतिक्षामा राख्नु अपराध हो जस्तो लाग्छ', रेखाले भनिन् ।  
 
 
उनी थप्छिन्, 'अभिनय राम्रो भएको, लुक्स राम्रो भएको र हिरोइजम भएको एउटा कलाकारले दर्शकको डिमाण्ड पूरा गर्नुपर्छ । राम्रो स्क्रिप्ट आए सबै फिल्म गर्नुपर्छ । कलाकारले यसको गर्ने र यसको नगर्ने भन्ने हुँदैन ।' 
 
प्रदीप, रेखाको सुझावलाई मध्यनजर गर्दै अगाडि बढ्ने बताउँछन् । 'मैले विस्तारै ग्याप घटाउँदै लगेको छु । 'प्रेमगीत' बाट 'प्रेमगीत २' आउँदा १ वर्ष ३ महिना, 'लिलिबिली' आउँदा ८ महिना र अब 'रोजी' आउँदा ६ महिना ग्याप हुन्छ ।' उनले भोलीका दिनमा दर्शकलाई धेरै समय प्रतिक्षामा नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
 
पहिलो पटक मिडियामा सँगै भेटिएका दुवैले एकअर्काको तारिफ गर्न पनि पछि परेनन् । प्रदीपले रेखालाई बोल्ड र महानायिका भन्दा रेखाले प्रदीपको अभिनयको आफू फ्यान रहेको बताइन् । दुवैले भविष्यमा राम्रो प्रोजेक्ट मिले सहकार्य गर्न कुनै गाह्रो नहुने पनि स्पष्ट पारेका छन् । 
Most Visited News (monthly)