Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परेशले गरे रणबीरलाई हलिउड एक्टरसँग तुलना

एजेन्सी, मुम्बई, 2018/06/27
सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म 'सञ्जू' २९ जूनबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा एक्टर रणबीर कपूरले सञ्जय दत्तको भूमिका निर्वाहा गरेका छन् । उनले सञ्जयको जवानीदेखि वर्तमान समयसम्मको रोल्सका लागि निकै मिहिनेत गरेका छन् । 
 
फिल्ममा सञ्जय दत्तको पिता सुनील दत्तको भूमिका निर्वाहा गरेका अभिनेता परेश रावलले रणबीरको कामलाई एक्टिङ स्कूलहरुमा देखाउनु पर्ने बताएका छन् । 
 
उनी भन्छन्, 'रणबीरले रोललाई हदभन्दा राम्रोसँग न्याय दिएका छन् । उनले पाथ-ब्रेकिङ परफर्मेन्स दिएका छन् । रणबीरको यो परफर्मेन्सलाई एक्टिङ स्कूलहरुमा देखाउनु पर्छ ।' 
 
 
'रणबीरले यो मुश्किल भूमिकालाई अद्भुत तरिकाले निभाएका छन्', परेशले भने, 'मैले यस्तो एक्टिङ यसभन्दा पहिला हलिउड फिल्म 'गडफादर २' मा महान एक्टर रोबर्ट डी नीरोको देखेको थिएँ ।'
 
'मलाई आफ्नो जीवन फिल्मको रुपमा प्रदर्शित गर्न स्विकृत दिएकोमा सञ्जय दत्तलाई सयपटक सलाम गर्छु । सञ्जयले आफ्नो जीवनमा निकै परिवर्तन ल्याएका छन् । अहिले उनले ड्रग्स पूर्ण रुपमा छाड्का छन्, यस्तो गर्नु कसैका लागि मुश्किल काम हो', उनले भने ।
 
‘सञ्जू’ मा रणवीर र परेशसँगै सोनम कपूर, अनुष्का शर्मा, दिया मिर्जा, विक्की कौशल, जिम सरभ पनि लिड रोलमा छन् । राजकुमार हिरानीले यो फिल्मलाई निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)