Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

१५ लाखमा 'क्याप्स' को 'ब्राण्ड एम्बेस्डर' बने अनमोल

फिल्मीखबर, काठमाण्डौ, 2018/06/26
 
सुपरस्टार अनमोल केसी अहिलेका सर्वाधिक बिकाउ अनुहार हुन् । उनी अचेल फिल्ममा मात्र होइन नेपालका ठूला कम्पनीले उत्पादन गर्ने ब्राण्डसँग जोडिन पनि महंगो पारिश्रमिक बुझ्ने गर्दछन् । 
 
हालैमा उनी १५ लाख पारिश्रमिकमा 'क्याप्स' ब्राण्डको लुगाको एम्बेस्डरमा नियूक्त भएका छन् । १ बर्षको कन्ट्रयाकमा अनमोल नेपालका लागि 'क्याप्स' को एम्बेस्डर बनेका हुन् । 
 
'क्याप्टेन' फिल्मको सुटिङ सेटमै पुगेर शनिबार 'क्याप्स' ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
 
सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणका लागि अनमोल पहिलो रोजाइ बनेको गौतमले बताए । 
 
 
नेपाली ब्राण्ड 'क्याप्स' ले काठमाडौंसहित नेपालगञ्ज, पोखरा, बुटवल, धरान, बिराटनगर, इटहरी, जनकपुरलगायत देशका ५० बढी स्टोरहरुमा आफ्नो उपस्थिति जनाइसकेको छ । 
Most Visited News (monthly)