Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

संसारकै सय झुर फिल्ममा ‘रेस ३’ सामेल

एजेन्सी, मुम्बई, 2018/06/26
बलिउडका 'भाईजान' सलमान खानको हालैमा रिलिज भएको फिल्म ‘रेस ३’ ले बक्सअफिसमा खासै कमाल देखाउन सकेन । सलमानको पछिल्ला पाँच फिल्मको कुरा गर्ने हो भने 'ट्यूबलाइट' बाहेक सबैले बक्सअफिसमा सानदार कलेक्सन गरेका थिए । 
 
 
‘रेस ३’ ले प्रदर्शनको तीन दिनमा सय करोड कमाएपनि त्यसपछि फिल्मको कलेक्सनमा ठूलो गिरावट आएको छ । यो फिल्मलाई क्रिटिक्स र दर्शकले 'झुर' भनेका छन् । फिल्मलाई कुनै पनि क्रिटिक्सले २ स्टारभन्दा बढी दिएका छैनन् । 
 
दर्शक र क्रिटिक्स द्वारा लगातार निगेटिभ रिम्भू दिएका कारण प्रतिष्ठित 'आईएमडिवी' वेबसाइटले ‘रेस ३’ लाई संसारको सबैभन्दा 'झुर' फिल्मको लिस्टमा राखेको छ । यो लिस्टमा फिल्मको स्थान ७९ छ ।  'आईएमडिवी' ले इन्टरनेटमा दिइने रिम्भूको आधारमा फिल्मको स्थान तय गर्ने गर्दछ ।  
 
हलिउड फिल्म 'कोर्ड नम्बर : के.ओ. जेड' संसारकै सबैभन्दा नराम्रो फिल्मको लिस्टमा पहिलो स्थानमा छ । बलिउड फिल्मको कुरा गर्ने हो भने सबैभन्दा माथि राम गोपाल वर्माको 'आग' छ, जसले १८ औं स्थानमा आफ्नो नाम लेखाएको छ । 
Most Visited News (monthly)