मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यस्ता छन् ‘चिँ मुसी चिँ’ का पाँच गीत (अडियो जुकबक्स)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/25

साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘चिँ मुसी चिँ’ को अडियो जुकबक्स रिलिज भएको छ । यो फिल्ममा पाँचवटा गीत समावेश छन् । 'आउँ आज', 'चिँ मुसी चिँ', 'सानो सानो कुरा', 'तिमीले माग्छौ भने' र 'हाँस्दा हाँस्दै' बोलका गीत फिल्ममा समावेश छन् । 

शिर्ष गीतमा सन्तोष पोखरेलका शब्द तथा करण राज कार्कीको संगीत र सुजाता पाण्डेको स्वर रहेको छ । 'सानो सानो कुरा' गीतमा सुरज अधिकारीको शब्द-संगीत तथा तारा प्रकाश लिम्बुको स्वर छ । 
 
'तिमीले माग्छौ भने' बोलको गीतमा सुरज अधिकारीकै शब्द-संगीत छ भने अञ्जु पन्त र यूवराज चौलागाईँको स्वर रहेको छ । 'आउँ आज' गीतमा शब्द तथा संगीत सुरज अधिकारीको रहेको छ भने अलमोडाले स्वर दिएका छन् । 
 
'हाँस्दा हाँस्दै' गीतमा रेगन क्षेत्रीको शब्द-संगीत तथा शारिका घिमिरेको स्वर रहेको छ । ‘चिँ मुसी चिँ’ र 'तिमीले माग्छौ भने' बोलका गीतको भिडियो भने यसअघि नै यूट्युबमा रिलिज भईसकेका छन् ।
 
यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । 
 
फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् । ‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । 
 
अडियो जुकबक्स :-