Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यन र साम्राज्ञी स्टारर ‘कायरा’ ट्रेलर रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2018/06/25
चकलेटी नायक आर्यन सिग्देल र ‘मस्ट डिमान्डेड’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को अफिसियल ट्रेलर इन्टरनेट रिलिज भएको छ । 
 
 
साउन १८ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा धेरै हदसम्म कमर्शियल भ्यालु देखिएको यस फिल्मलाई अभिनेता आर्यन स्वयमले निर्माण गरेका हुन् । 
 
निर्माण टिम पहिलो प्रचार सामाग्री स्वरुप गीत युट्युबमा सार्वजनिक गर्ने तयारीमा थियो तर हार्डडिक्सबाट गीत नै चैट भएपछि ट्रेलर सार्वजनिक गरिएको हो । पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो केही माथी छ । 
 
 
अभिनेता सिग्देलले 'कायरा' म्यूजिकल लभस्टोरी कथामा निर्माण भएको बताए । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने, 'फिल्म क्षेत्रमा १५ वर्षभन्दा बढी विताइसकेँ । लभस्टोरी फिल्मको पारखी भएर म यहाँसम्म आइपुगेको हुँ । 'कायरा' पनि लभस्टोरी फिल्म नै हो । यो अन्य फिल्मभन्दा भिन्न तरिकाले बनेको छ ।' 
 
अभिनेत्री साम्राज्ञी कथावस्तुका कारण आफू फिल्म गर्न राजी भएको बताउँछिन् । 'कायरा' का निर्देशक लक्ष्मण रिजाल हुन् । निर्देशक रिजाल आफूले उत्कृष्ट लभस्टोरी फिल्म बनाउन कुनै कसर बाँकी नराखेको र फिल्मले दर्शकलाई निराश नबनाउने ठोकुवा गरे । 
 
 
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’ का गीतमा प्रविण सिंहले कोरियोग्राफी गरेका छन् । 
 
आर्यन सिग्देलकै कथा रहेको यसमा स्क्रिन प्ले र डाइलग केदार भुषालको छ भने निर्मातामा निर्देशक रिजाल छन् । यो फिल्ममा बनिष शाह र मिलन श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् ।
 
 
शिवराम श्रेष्ठले फिल्मका हरेक सिन खिचेका हुन् । राजकुमार भट्ट कार्यकारी निर्माता रहेको ‘कायरा’ मा दिनेश थापा र दिवस पराजुली सह-निर्मातामा छन् । 
 
फिलिपिन्स र नेपालमा यसको छायांकन गरिएको छ । लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअरमाथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेको चर्चा छ । 
 
हेर्नुस् ट्रेलर :-
 
Most Visited News (monthly)