Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

विपिन र नम्रताको ‘प्रसाद’ मुर्हूत, निश्चलको भूमिका के ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/25
 
अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’ को मुर्हूत गरिएको छ । सोमवार काँडाघारीमा रहेको गान्धी महिला आश्रममा फिल्मको मुर्हूतसँगै औपचारिक रुपमा क्यामेरा 'अन' गरियो । 
 
 
विपिन र नम्रतासँगै निर्देशक तथा अभिनेता निश्चल बस्नेतले संयूक्त रुपमा आफ्नो भागको संवाद बोल्दै मुर्हूत सट दिए । यसमा विपिन र नम्रता श्रीमान-श्रीमतिको भूमिकामा छन् । निश्चलको भूमिका भने सस्पेन्स राखिएको छ । 
 
 
निश्चल, विपिनको साथीको भूमिकामा रहेको मुर्हूत सटमा उनले बोलेको संवादबाट अनुमान काट्न सकिन्छ । निःसन्तान दम्पत्तीको कथामा आधारित यस फिल्मलाई 'नोभेम्बर रेन', 'क्लासिक', 'पर्व' फेम्ड निर्देशक दिनेश राउतले निर्देशन गर्दैछन् । 
 
 
निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा फिल्मले बोल्ने निर्देशक राउतले जानकारी दिए । 
 
फिल्म 'जाइरा' का लागि कपाल मुडुले बनाएकी नम्रताले यस फिल्ममा नक्कली कपाल लगाएकी छिन् । ‘प्रसाद’ को मुर्हूत समारोहमा उनी गृहिणी लुक्समा देखिएकी थिइन् । उनले सिउँदोमा सिन्दुर, गलामा रातो-कालो मिसिएको पोते र हातमा राता चुरा लगाएकी थिइन् । 
 
 
सुवाष थापाको निर्माण रहने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।
Most Visited News (monthly)