Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हल पुग्दा दर्शकमाझ घेरिए मनिष र तमन्ना

फिल्मीखबर, काठमाण्डौ, 2018/06/24
 
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले घरेलू बक्सअफिसमा सुखद सुरुवात गरेको छ । शुक्रबार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए ।
 
शनिवार दिउँसो फिल्मका अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तमन्ना केसी राजधानीका विभिन्न हल पुगेर दर्शकको प्रतिक्रिया बुझे । साथै, दर्शकसँग सेल्फी पनि खिचे । फिल्म हेरेका दर्शकले ‘तिमी हुन्छौ जहाँ जहाँ’ लाई राम्रो बोलेका छन् । 
 
‘फिल्ममा उठाईएको विषयवस्तु दर्शकले मन पराएका छन् । दर्शकको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा समेत फिल्मले राम्रो व्यापार गर्न सक्ने आशा छ,’ निर्माता दवाडीले भने । 
 
यो फिल्मका निर्देशक विकाश बस्याल हुन् । यसको कथा पनि उनकै हो । मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म यसका कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।
 
 
यसमा मलिना जोशी, विश्व बस्नेत, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । 
Most Visited News (monthly)