Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘एउटा यस्तो प्रेम कहानी’ को प्रचार गर्न र्‍याम्पमा उत्रिए ‘ठूल्दाई’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/24
अभिनेता शिव श्रेष्ठ (ठूल्दाई) अभिनीत तथा निर्मित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को हालैमा सम्पूर्ण छायांकन सकिएको छ । यसमा मल्टिस्टारर कलाकारहरुको अभिनय छ । उक्त फिल्मको प्रदर्शन मिति भने अझै तय भएको छैन । 
 
 
आउँदो भदौमा यो फिल्म रिलिज हुने प्रवल सम्भावना छ । यसैबीच निर्माण टिमले भने अघोषित रुपमा फिल्मकोे प्रचारलाई राजधानीबाट सुरु गरेको छ । यसको सुरुवात हालै राजधानीमा सम्पन्न एक 'फेशन शो' बाट भएको छ । 
 
'स्टार अन दि रेड कार्पेट' नाम दिइएको शोजमा दुई दर्जन बराबर मोडलहरुले बिरालोको चालमा र्‍याम्प नापे । जहाँ मुख्य आकर्षण बने अभिनेता शिव श्रेष्ठ । 'प्रोमोशनल इभेन्ट अफ एउटा यस्तो प्रेम कहानी' सव टाइटलमा सम्पन्न शोज फिस्टेल मुभिजको आयोजनामा सम्पन्न भएको थियो । 
 
 
अमितेष कर्णको डिजाइनमा जोर्दोगी बुटिमको तर्फबाट तयार नेपाली संस्कृति झल्काउने, पश्चिमा भेषभुषा, पार्टी कलेक्सनसँगै विश्वकप फुटवल विशेष कलेक्सनमा मोडलहरुले र्‍याम्पमा उत्रिएका थिए । 
 
अभिनेता नरेन खड्का, अभिनेत्री रेखा फागो, बिष्णु चेमजोङ र बाल कलाकार संवेग दर्शनधारीले फिल्मको तर्फबाट प्रस्तुति दिँदा गायक विश्व नेपाली, अस्मिता परियार, बिष्णु चेमजोङ, प्रज्वल नेपाली, राहुल नेपाली, रुशि नेपालीले गायनसँगै नृत्यद्वारा  मनोरञ्जन प्रदान गरेका थिए ।
 
 
फिल्म 'एउटा यस्तो प्रेम कहानी' लाई दिपेश सापकोटाले निर्देशन गरेका छन् । यसमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, बर्षा राउत, सञ्जोग कोईराला, शक्ति श्रेष्ठ, नरेन खड्का, कविता मानन्धर, रेखा फागोलगायत लिड अभिनयमा छन् ।
Most Visited News (monthly)