Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘पैसामुखी भएको’ आरोप बारे अनमोलको खण्डन

फिल्मीखबर, काठमाण्डौ, 2018/06/24
 
सुपरस्टार अनमोल केसी वर्षमा एक मात्र फिल्म लिएर दर्शकमाझ पुग्ने गर्दछन् । गएको ५ वर्षमा उनले 'होस्टेल', 'जेरी', 'गाजलु', 'ड्रिम्स' र 'कृ' फिल्ममा मात्र काम गरे । डिमाण्ड उच्च भएपनि छानेर फिल्म गर्ने अभिनेता हुन् उनी । उनी नेपालका सर्वाधिक महँगा नायक समेत हुन् । 
 
अचेल अनमोल आफ्नो छैटौं प्रोजेक्ट 'क्याप्टेन' को छायांकनमा व्यस्त छन् । यसमा उनी एक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । यसपछि उनले झरना थापाको 'ए मेरो हजुर ३' र मिलन चाम्सले निर्देशन गर्ने 'ब्याचलर बन्टी' को सुटिङ ज्वाइन गर्दैछन् । 
 
केही हप्ता अगाडि बाहिरिएको खबर अनुसार, उनले एक बलिउड फिल्म समेत साइन गरेका छन् । यस्तै, निर्माता सुवास गिरी फिल्म 'कृ' को सिक्वेल बनाउँदैछन् । यसमा पनि अनमोलले अभिनय गर्ने लगभग पक्का भएको खबर प्राप्त छ । 
 
वर्षमा एक मात्र फिल्म गर्ने अनमोल के अब पैसामुखी भएका हुन् ? लगातार फिल्ममा अनुबन्धित हुनुले उनीमाथी प्रश्नचिन्ह खडा भएको छ । शनिवार राजधानीमा 'अनमोल इभ' को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता केसीले यस विषयमा मुख खोले । 
 
उनी भन्छन्, 'म पैसाको पछाडि पर्ने भएको भए पहिला देखि नै भटाभट फिल्म गर्थेँ होला । नेपालमा राम्रो स्क्रिप्ट कहिले पाउँछ भन्ने नै थाहा हुँदैन । मैले एकैचोटी राम्रो स्क्रिप्टहरु पाएँ अनि गर्न लागेको हुँ ।' 
 
 
'सबै फिल्म एकैपटक रिलिज हुने होइन । केही महिनाको अन्तरमा रिलिज हुन्छन् । यो मेरो करिअरको पाइपलाइन मात्र हो । कहिलेकाहिँ खोजिरहेको बेला राम्रो स्क्रिप्ट पाइदैन । एउटा राम्रो स्क्रिप्ट आएपछि छाड्नु हुँदैन भन्ने लागेर काम गर्न तयार भएको हुँ', उनले भने । 
 
नेपाल बाहिर अडियन्स बनाउनका लागि बलिउड फिल्ममा आफू आबद्ध भएको पनि उनले खुलाए । 'नेपाल प्रमोट गर्न सक्छु कि भन्ने लागेर बलिउड फिल्म गर्न लागेको हुँ', अनमोल अगाडि भन्छन्, 'उक्त फिल्म नेपाली भाषामा पनि डब भएर रिलिज हुनेछ ।' 
Most Visited News (monthly)