Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एक दिनको ६ लाखमा फिल्म गर्दै ‘शिवगामी’

एजेन्सी, मुम्बई, 2018/06/24
सुपरहिट साउथ फिल्म 'बाहुबली' मा काम गर्ने हरेक एक कलाकारले अहिले संसारभर आफ्नो नयाँ पहिचान बनाएका छन् । यो फिल्म हिट भएपछि यसमा काम गर्ने सबै कलाकारले आफ्नो पारिश्रमिक पनि चर्को बनाएका छन् । 
 
'बाहुबली' र 'बाहुबली २' दुवै फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी राम्या कृष्णन उर्फ 'शिवगामी देवी' साउथका टप अभिनेत्रीले बुझ्ने पारिश्रमिक एक फिल्मबाट बुझ्ने गरेकी छन् । राम्या आफ्नो फिल्मका लागि साउथ एक्ट्रेस तमन्ना भाटिया र राकुल प्रीतभन्दा पनि बढी पारिश्रमिक लिइरहेकी छन् ।
 
 
एक इन्टरटेन्मेन्ट वेवसाइटका अनुसार, राम्या अहिले तेलुगु फिल्म 'सैलाजा रेड्डी अल्लुदु' मा काम गरिरहेकी छिन् र उनी एक दिनको छायांकन लागि ६ लाख चार्ज गरिरहेकी छिन् । उनी यो फिल्मका लागि २५ दिन सुटिङ गर्दैछिन् । 
 
यसरी एक दिनको ६ लाख जोड्ने हो भने उनले २५ दिनमा एक करोड ५० लाख भारतीय रुपैयाँ हात पार्नेछिन् । उनले लिएको यो फिस साउथका टप अभिनेत्रीभन्दा पनि धेरै हो । मिडियाका अनुसार, साउथ एक्ट्रेस तमन्ना भाटिया एक फिल्मका लागि ६५ लाख पारिश्रमिक लिने गर्दछिन् । 
Most Visited News (monthly)