Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सूर्य अवार्ड’ मा अनमोलदेखि प्रदीपसम्मको भिडन्त

फिल्मीखबर, काठमाण्डौ, 2018/06/23
 
जापानको टोकियो शहरमा भदौ ३१ गते हुने पहिलो 'सूर्य इन्टरनेशनल अवार्ड' को उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । राजधानीमा शनिवार एक समारोह गरी मनोनयनमा परेका कलाकारलाई प्रमाणपत्र समेत वितरण गरियो ।
 
 
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल, कलाकार बसुन्धरा भूषाल, नायिका रेखा थापा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, कलाकार संघकी महासचिव सरिता लामिछानेलगायतले अवार्डमा मनोनितलाई प्रमाण पत्र प्रदान गरे । 
 
 
उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६/६ विधा राखिएको छ । जसमध्ये उत्कृष्ट फिल्मको विधामा 'छक्का पञ्जा २', 'ए मेरो हजुर २', 'शत्रुगते', 'म यस्तो गीत गाँउछु' र 'कृ' परेका छन् ।
 
 
अभिनेताको विधामा 'कृ' बाट अनमोल केसी, 'लिलिबिली' बाट प्रदिप खड्का, 'म यस्तो गीत गाउँछु' बाट पल शाह, 'मंगलम' बाट पुष्प खड्का र 'घामपानी' बाट दयाहाङ राई भिडन्त गर्दैछन् । 
 
 
यस्तै, साम्राज्ञी राज्य लक्ष्मी शाह 'ए मेरो हजुर २' बाट, 'म यस्तो गीत गाउँछु' बाट पूजा शर्मा, 'कान्छी' बाट श्वेता खड्का, 'मंगलम' बाट शिल्पा पोखरेल र 'पञ्चायत' बाट निता ढुङ्गाना उत्कृष्ट अभिनेत्री विधाको मनोनयमा परेका छन् । 
 
 
कार्यक्रममा अभिनेता प्रदीप खड्का, पल शाह, हास्यकलाकार केदार घिमिरे, निर्देशकहरु दीपाश्री निरौला, झरना थापा, सुदर्शन थापा, प्रदीप भट्टराई, अभिनेत्री श्वेता खड्का तथा विभिन्न विधामा अटाएका फिल्मकर्मीले मनोनयन पत्र ग्रहण गरेका थिए । 
 
 
दर्शकले उत्कृष्ट पाँच मध्येलाई विश्वभरीबाट अनलाईन भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ । ‘सूर्य अवार्ड’ निश्पक्ष र पारदर्शी बनाउने आयोजक संस्था इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनी सूर्य कर्पोरेसनका अध्यक्ष बासुदेव लामिछानेले प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
 
मनोनयन सूची :-
 
Most Visited News (monthly)