Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुहानामा फिल्मी ब्लड छ : अनमोल केसी

फिल्मीखबर, काठमाण्डौ, 2018/06/23
 
अहिलेका हट केक अभिनेता अनमोल केसी अचेल फिल्म 'क्याप्टेन' का लागि पसिना बगाइरहेका छन् । यसमा उनी एक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । दीवाकर भट्टराई निर्देशित यस फिल्ममा उनको अपोजिटमा अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमबी छन् । 
 
भदौ अन्तिममा रिलिज हुने प्रवल सम्भावना रहेको यो फिल्मपछि अनमोलले अभिनेत्री झरना थापाको 'ए मेरो हजुर ३' र मिलन चाम्सले निर्देशन गर्ने 'ब्याचलर बन्टी' गर्दैछन् । वर्षमा एक मात्र फिल्म गर्ने उनको 'क्याप्टेन' रिलिजको ६ महिनापछि 'ए मेरो हजुर ३' रिलिज हुनेछ । 
 
'ब्याचर बन्टी' को रिलिज वर्ष २०७५ को मध्यमा हुने बताइएको छ । यस फिल्मका लागि अझै नायिका खोज्ने काम भइरहेको छ भने झरनाले 'ए मेरो हजुर ३' मा आफ्नै छोरी सुहाना थापालाई लञ्च गर्दैछिन् । अनमोलसँग सुहानाले रोमान्स गर्नेछिन् । 
 
शनिवार 'अनमोल इभ' को विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अभिनेता अनमोल केसीलाई सुहानालाई लिएर पत्रकारको एक प्रश्न तेर्सियो ।
 
 
सुहानासँग काम गर्न कति उत्साहित हुनुहुन्छ ? भन्ने प्रश्नमा अनमोलले मसालेदार जवाफ दिए । उनले भने, 'उहाँमा फिल्मी ब्लड छ । मेरो अपोजिटमा मैले आजसम्म फिल्मी ब्लडसँग काम गरेको छैन ।' 
 
'सुहाना, झरना अन्टीको छोरी हुनुहुन्छ । पक्कै पनि फिल्म ब्लडमै छ । एकदम उत्साहित छु र राम्रो हुनेछ भन्नेमा विश्वस्त छु', उनले भने । 'ए मेरो हजुर' को दोस्रो सिरिज गएको वर्ष बक्सअफिसमा सुपरहिट साबित भएको थियो । 
Most Visited News (monthly)