Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘वीराङ्गना’ चल्ने यस्तो छ आधार

फिल्मीखबर, काठमाण्डौ, 2018/06/23
असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म हो ‘वीराङ्गना’ । यसमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल प्रमुख भूमिकामा छन् । पृथ्वीराज प्रसाईँको पनि यसमा लिड अभिनय छ । 
 
दुई गीत र एक्सनले भरिपूर्ण ट्रेलरले फिल्मप्रति दर्शकमा केही चासो जगाउन सफल भएको छ । अब कन्टेन्ट कति बलियो छ ? फिल्मको सफलता र असफलता यसमै निर्भर रहन्छ । हालसम्मको अवस्थामा फिल्मको पब्लिसिटी कमजोर छैन । 
 
अनुपबाहेक शिल्पा र पृथ्वीले ‘वीराङ्गना’ का लागि प्रशस्त समय छुट्याएका छन् । निर्माण टिमसँगको आपसी मनमुटावका कारण अनुप भने फिल्मको प्रचारमा नहिँड्ने सम्भावना प्रवल छ । तर, फिल्ममा उनको उपस्थिति हुनु पनि हलसम्म दर्शक तान्ने एउटा प्रमुख आधार हो । 
 
 
फिल्म 'कृ' रिलिजपछि उनको लोकप्रियता थप चुलिएको छ । यसकारण अनुपको बढ्दो क्रेजको फाइदा ‘वीराङ्गना’ ले उठाउने फिल्मी पण्डितहरुको पूर्वआँकलन छ । उता अभिनेत्री शिल्पा पोखरेल आफ्नै बलबुतोमा फिल्मलाई सफलताको रेखासम्म पुर्‍याउने सामर्थ राख्छिन् । 'लज्जा', 'हवलदार सुन्तली', 'मंगलम्' यसका उदाहरण हुन् । 
 
पर्दामा एक्सन अवतारमा उनलाई 'फिट' अभिनेत्री मानिन्छ । ‘वीराङ्गना’ मा उनको भरपूर एक्सन सिन रहेको ट्रेलर आफै बोल्छ । बक्सअफिसमा आफूलाई हिट फिल्मको सूचीमा नाम लेखाएको 'मंगलम्' पछि शिल्पा पर्दामा नदेखिएका कारण यो फिल्मले व्यापारिक रुपमा केही कमाल मच्चाउन सक्ने चलचित्रकर्मीहरुको अनुमान छ । 
 
प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयमको हो । 
 
यो फिल्म फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले संयूक्त रुपमा निर्माण गरेका हुन् । यसमा सुमी चामलिङ राई सह-निर्माता रहेकी छिन् ।  
Most Visited News (monthly)