Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘बोबी’ ट्रेलर : उमेश-कविताको प्रेममा विजय बाधक

फिल्मीखबर, काठमाण्डौ, 2018/06/22
असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा रियल जोडीकै अभिनय छ । 
 
 
ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ । यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ । यसका निर्देशक तथा निर्माता मिलन चाम्स हुन् । 
 
उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
 
नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न भइसकेको छ ।
 
चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । 
 

ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)