Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

साउन २५ मा दीलिप र जयकिशनको ‘पिरिम पर्‍या छन्’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/22
कमेडी जनरामा निर्मित फिल्म ‘पिरिम पर्‍या छन्’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रबार फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका छन् । 
 
 
निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् ।
 
माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘पिरिम पर्‍या छन्’ बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको सामाजिक हाँस्य फिल्म बताइएको ‘पिरिम पर्‍या छन्’ का गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्धन्द्ध छ । 
Most Visited News (monthly)