Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मुदस्सरको सुनिललाई शुभकामना- ‘ठूलो स्टार बन्नु’

फिल्मीखबर, काठमाण्डौ, 2018/06/22
भारतका चर्चित कोरियोग्राफर तथा 'डान्स इन्डिया डान्स' का जज मुदस्सर खानले अभिनेता सुनिल क्षेत्रीलाई फिल्म 'चिँ मुसि चिँ' का लागि शुभकामना दिएका छन् । भारतीय रियालिटी शो 'डिआईडी' सिजन–४ को 'टप टेन' भित्र पर्न सफल क्षेत्रीले यो फिल्मबाट ठूलोपर्दामा डेब्यु गरेका छन् । 
 
 
मुदस्सरले शुभकामना दिँदै सुनिल आफ्नो मनपर्ने प्रतियोगी रहेको बताए । एक भिडियोमार्फत् उनले भनेका छन्, 'सुनिल नेपालको ठूलो सुपरस्टार बन्न जाँदैछ । मेरो तर्फबाट उसलाई धेरै धेरै शुभकामना । तिमी एकदम राम्रो पर्फमर, डान्सर र आटिस्ट हौ ।' 
 
उनले ४६ सेकेण्डको भिडियोमा डिआईडीमा सुनिलले देखाएको प्रस्तुतीको पनि खुलेर प्रशंसा गरेका छन् । उनी थप्छन्, 'डिआईडीमा तिमीले आफ्नो फरक पहिचान बनाएका थियौ अब अलग ट्यालेन्ट र स्टारडमबाट आफ्नो पहिचान बनाउँ मेरो शुभकामना छ ।' 
 
बलिउड सुपरस्टार सलमान खानलाई आफ्नो गडफादर मान्ने मुदस्सर खान भारतको टप कोरियोग्राफर मध्येमा पर्दछन् । सुनिल, मुदस्सरलाई आफ्नो गुरु मान्दछन् । गुरुको शुभकामनाबाट आफूलाई ठूलो साहस र उर्जा मिलेको उनले बताए । 
 
सुनिल स्टारर फिल्म 'चिँ मुसि चिँ' आउँदो साउन ११ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । 
 
उक्त फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । 
 
भिडियो :-

Most Visited News (monthly)