Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पण्डित बाजेको लौरी’ ट्रेलर : ‘बदिनी’ सन्ध्याको प्रेममा प्रमोद

फिल्मीखबर, काठमाण्डौ, 2018/06/21
साउन ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । कमेडी, प्रेम, बदला, द्वन्द्वसँगै ट्रेलरमा ‘बादी-बदिनी’ को कथा पनि देखाइएको छ । 
 
 
यसमा कलाकार बिजय बराल 'बादी' र अभिनेत्री सन्ध्या केसी 'बदिनी' को भूमिकामा देखिएका छन् । शहरबाट अभिनेता प्रमोद अग्रहरी बादी प्रथा निर्मुल गर्न गाउँ पसेका छन् । तर, विवाहित सन्ध्यासँगै उनको प्रेम बस्छ । 
 
एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । निर्देशक दीपक ओलीले तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई फिल्ममा देखाउन खोजिएको बताए । 
 
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
 
‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँर/दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्ल/अमित श्रेष्ठको संगीत छ ।
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)