Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनुपको ‘पुरानो बुलेट’ मा वर्षा बस्ने कि माला ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/21
 
भर्सटायल अभिनेता अनुप विक्रम शाहीको हातमा पछिल्लो समय फिल्मको कमी छैन । एक फिल्मको सुटिङ नभ्याउँदै उनले नयाँ फिल्म साइन गरिसकेका हुन्छन् । सोलो हिरोको रुपमा उनी अभिनीत अधिकांश फिल्म बक्सअफिसमा असफल छन् । सह-अभिनेतामा भने उनको अगाडि लिड हिरोलाई नै थ्रेट हुन्छ । 
 
खलपात्रमा सबैभन्दा बढी खोजिने उनका तीन फिल्म रिलिजको संघारमा छन् । ‘वीराङ्गना’ असार २९ मा र ‘जय शम्भु’ भदौ १ मा रिलिज हुँदैछ । यस्तै, मंसिर १४ मा ‘जाइरा’ पनि हलमा लाग्दैछ । लगातार आफू अभिनीत फिल्म रिलिजको तयारीमा रहँदै गर्दा पुनः उनी नयाँ फिल्ममा अनुवन्धित भएका छन् । 
 
बिहीवार अभिनेता शाहीको प्रमुख भूमिका रहने फिल्म ‘पुरानो बुलेट’ को औपचारिक निर्माण घोषणा गरिएको छ । यसमा उनको अपोजिटमा अभिनेत्री द्वय वर्षा सिवाकोटी र माला लिम्बु देखिँदैछन् । भिषण राईले यो फिल्मबाट निर्देशनमा हात हालेका छन् । 
 
 
१ करोडको लागतमा निर्माण हुने बताइएको फिल्मको छायांकन असार १५ गतेबाट सुरु हुनेछ । पूर्वाञ्चलका विभिन्न जिल्लाहरुमा ‘पुरानो बुलेट’ को छायांकन हुने निर्देशक राईले जानकारी दिए । समसामयिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई आउँदो मंसिरमा प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।
 
यसमा कविता आले, शिव मुखिया, कृष्ण भक्त महर्जन, शिरोमणी दवाडी, दिवज राईलगायतका कलाकारहरुकोे पनि अभिनय रहनेछ । क्रेजी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलाई दीपेन्द्र लिम्बु, विरेन साम्बा, टिकाराम राई र अशोक साम्पाङ्ग राईले संयूक्त रुपमा निर्माण गर्नेछन् । फिल्मको कार्यकारी निर्मातामा सन्तोष राई छन् ।
 
 
अभिनेता अनुपले नयाँ टिमसँग सहकार्य गर्न पाउँदा खुसी प्रकट गरे । अभिनेत्री वर्षा आफू जन्मिएको ठाउँ मोरङ्गमा फिल्मको सुटिङ्ग हुने हुँदा खुसीले फुरुङ्ग भएको बताइन् । अर्की अभिनेत्री मालाले पनि ‘पुरानो बुलेट’ मा जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । 
 
निर्देशक राई र सन्तोष राईको कथा रहेको यसमा हरि घले लामाको छायांकन, उत्तम जंग लिम्बुकोे संगीत, राजेशपायल राई, जयन जे. वाइवा र उत्तम जंग लिम्बुको गायन रहनेछ । 
Most Visited News (monthly)