आलिया भट्ट स्टारर फिल्म ‘राजी’ ले लगातार बक्सअफिसमा धूम मच्चाइरहेको छ । अहिलेसम्म यो पोलिटिकल थ्रिलर फिल्मले वर्ल्ड वाइड २०७ करोड रुपैयाँको कमाई गरेको छ ।
करन जोहरले यसको सफलताको बारेमा सोसल मिडियामा जानकारी दिएका छन् । यो महिला केन्द्रित फिल्म ११ मेमा रिलिज भएकोे थियो । रिलिज भएको ६ हप्तापछि पनि ‘राजी’ हेर्ने दर्शकको संख्या उल्लेख्य छ ।
फिल्म निर्देशक मेघना गुलजारले हरिन्दर सिक्काको किताब 'कालिंग सहमत' लाई यति उत्कृष्ट तरिकाले प्रस्तुत गरेका छन् कि देशभक्तिमाथी बनेको यो फिल्मले सुपरहिट फिल्मको लिस्टमा आफ्नो नाम लेखाइसकेको छ ।

यस फिल्ममा आलिया फरक-फरक भूमिकामा देखिएकी छिन् । फिल्ममा उनी एक छोरी, पत्नी र जासूसको भूमिकामा प्रस्तुत भएकी छन् । यस फिल्मको कहानी १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा आधारित छ ।
हरिंदर सिक्काको उपन्यास 'कलिंग सहमत' मा आधारित यस फिल्ममा आलियाले एक कश्मिर युवती सहमतको भूमिका निभाएकी छन्, जसको विवाह पाकिस्तानी सेना अधिकारीसँग हुन्छ ।
विक्की कौशल ‘राजी’ मा एक पाकिस्तानी सेना अधिकारीको भूमिकामा छन् । फिल्ममा आलिया र विक्कीसँगै सोनी राजदान, रजित कपूरको पनि प्रमुख भूमिका छ ।
सोनी राजदान रियल लाइफमा आलिया भट्टकी आमा हुन् र उनले फिल्ममा पनि आलियाको आमाको भूमिका निर्वाहा गरेकी छिन् । फिल्मको निर्माण करण जोहरको धर्मा प्रोडक्शन र जंगली पिक्चर्सले गरेको हो ।

