सुपरहिट फिल्म 'प्रेमगीत' का सिरिज निर्माण गरेका निर्माता सन्तोष सेनको लगानीमा हाल 'मेरी मामु' फिल्मको छायांकन भइरहेको छ । यसमा उनले आफ्नै ६ वर्षे छोरा आयूब सेनलाई लिड रोलमा लिएका छन् । याम थापाले अहिले फिल्म निर्देशन गरिरहेका छन् ।

सारुक ताम्राकार, अश्लेषा ठकुरी, कुसुम गुरुङलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । आउँदो भदौ १५ गतेलाई फिल्मको रिलिज डेट गरिएको छ । यो फिल्मले एक आमा र छोराको कथा बोल्छ ।
हरेक निर्माता फिल्मको कुनै पनि सिनको फुटेज र कलाकारको लुक्स सार्वजनिक हुने तश्बिर बाहिर नआओस् भन्ने चाहन्छन् । कलाकारदेखि प्राविधिक टोलीलाई यस कुरामा सजक पनि गराइन्छ । फिल्मको एक फोटो रिभिल हुँदा पुनः रिसुट गर्नुपर्ने अवस्थासम्म आउँछ ।
तर, निर्माता सन्तोष सेनले भने बुधवार फिल्म 'मेरी मामु' को सुटिङ सेटबाट झण्डै १२ मिनेटसम्म फेसबुक लाइभ गरे । लाइभमा फिल्मको एक महत्वपूर्ण सिन नै देखाइएको छ । जहाँ अभिनेता सारुक आफ्नो छोरा आयूबलाई खुट्टामा ब्यान्डेज लगाउँदैछन् ।
लाइभ भिडियोमा सारुकले बोलेका संवाद स्पष्ट सुनिएको छ । रिलिज नहुँदासम्म दर्शकमा फिल्मप्रति कौतुहलता सृजना गराइराख्नु निर्माण टिमका लागि सबैभन्दा ठूलो चुनौती हो । तर, निर्माता सेन भने सेटबाटै फिल्म लाइभ गरिदिएका छन् । यसले दर्शकमा फिल्म हेर्ने जाँगर नमर्ला भन्न सकिन्न ।
यसरी नै फेसबुकमा लाइभ भिडियो शेयर गरे हलमा होइन दर्शकले फेसबुकमा नै पूरा फिल्म हेर्नेछन् । निर्माता सेनज्यू, कतै फेसबुकमा लाइभ हेर्ने दर्शकका लागि त फिल्म बनाइएको होइन ?
लाइभ मिडियो हेर्नुस् :-

