Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बौद्ध स्तुपाले लोभ्यायो जूहीलाई

फिल्मीखबर, काठमाण्डौ, 2018/06/20
बलिउड अभिनेत्री जूही चावला यतिबेला काठमाडौंमा छिन् । गुपचुप नेपाल भ्रमणमा रहेकी उनले बुधवार आफ्नो आधिकारिक फेसबुक पेजमा काठमाडौंको बौद्धनाथ स्तुपामा खिचिएको एक तश्बिर साझा गरेकी छन् । 
 
बौद्ध स्तुपालाई पृष्ठिभूमिमा पारेर उनले आफ्नो एक क्यूट सेल्फी लिएकी छन् । उनले तश्बिरसँगै फेसबुकमा बौद्धनाथ स्तुपाको प्रशंसा गर्न पनि छाडेकी छैनन् । उनी आफू त्यहाँ पुग्दा मन्त्रमुग्ध भएको लेख्छिन् । सम्भवत उनको यो पहिलो नेपाल भ्रमण हो । 
 
 
उनी नेपाल आउनुको कारण भने खुलेको छैन । पछिल्लो समय काँचको पर्दाबाट टाढा रहेकी उनी कुनै उद्घाटन कार्यक्रमका लागि नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ । जूही स्वयमले आफ्नो नेपाल भ्रमणको बारे केही खुलाएकी छैनन् । 
 
सन् १९८६ मा फिल्म 'सल्तनत' बाट डेब्यु गरेकी उनले १९८४ मा मिस इन्डियाको उपाधि हात पारेकी थिइन् । ‘कयामत से कयामत तक’, ‘हम हैं राही प्यार के’, ‘अन्दाज अपना अपना’, ‘इश्क’ जस्ता फिल्ममा बलिउड स्टार आमिर खानसँग काम गरेकी उनले शाहरुख खानसँग ‘यस बोस’, ‘राजू बन गया जेन्टलम्यान’, ‘डर’, ‘डुप्लीकेट’ जस्ता हिट फिल्ममा अभिनय गरेकी छन् । 
 
जूहीले निर्माताको रुपमा ‘फिर भी दिल है हिन्दुस्तानी’, ‘अशोका’ र ‘चलते चलते’ जस्ता फिल्म समेत बनाइन् । उनले लगभग ८० भन्दा बढी फिल्ममा अभिनय गरेकी छन् र यी फिल्ममा उनी अलग-अलग भूमिकामा प्रस्तुत भएकी छन् ।   
Most Visited News (monthly)