Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशोक दर्जीलाई फिल्मको अफर

फिल्मीखबर, काठमाण्डौ, 2018/06/20
भाइरल व्वाई अशोक दर्जीले गाएको पहिलो गीत 'मन बिनाको धन' ले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । यो गीतको लोकप्रियतासँगै दर्जी एक चर्चित सेलिव्रेटी बनेका छन् । अहिले जो कोही उनको हरेक एक खबरमा चासो राख्ने गर्दछन् । 
 
हालैमात्र मलेसियाको सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएका अशोक दर्जीलाई धेरै गीतबाट गाउनका लागि अफर आइसकेका छन् । तर, उनी अब अध्ययनमा 'फोकस' हुन चाहन्छन् । अशोकलाई अहिले संगीतकार तथा गायक टंक बुढाथोकीले 'गाइड' गरिरहेका छन् । 
 
 
फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, उनलाई नेपाली फिल्मबाट समेत अभिनयका लागि अफर पुगिसकेको छ । केही निर्देशकले संगीतकार बुढाथोकीको अफिसमा पुगेर अशोकलाई लिएर फिल्म बनाउन चाहेको इच्छा व्यक्त गरेका छन् । 
 
'३/४ जना निर्देशक अशोककै कथामा फिल्म बनाउने भन्दै आउनुभएको थियो । तर अहिले उसको फिल्म गर्ने बेला भएको छैन', टंकले भने । अहिले अशोकको गायकीको असंख्य प्रशंसक छन् । उनी जहाँ जान्छन् त्यहाँ अचेल फ्यानको भीड लाग्न थालेको छ । 
 
उनको यो लोकप्रियतालाई क्यास गर्न निर्माता/निर्देशकहरुले खोज्नु नौलो होइन । तर, अहिले उनले आफूले आफैंलाई चिनेका छैनन् । यो अवस्थामा उनको सामुन्ने ठूला-ठूला सपनाको महल ठड्याउनु अशोकको भविष्यका लागि घातक नहोला भन्न सकिन्न । 
Most Visited News (monthly)