Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘धडक’ मा श्रीदेवीकी छोरीलाई सबैभन्दा कम पारिश्रमिक

फिल्मीखबर, काठमाण्डौ, 2018/06/20
 
जाह्नवी कपूर र ईशान खट्टर स्टारर फिल्म ‘धडक’ को ट्रेलर सार्वजनिक भइसकेको छ । मारवाडी पृष्ठभूमिमा बनेको यो फिल्म 'सैराट' को रिमेक हो । धर्मा प्रोडक्शनको तल शशांत खैतानको निर्देशनमा बनेको यो फिल्म २० जुलाईमा रिलिज हुँदैछ । 
 
रोचक कुरा त यो फिल्मका लागि श्रीदेवीकी छोरी जाह्नवी कपूरले १ करोड पारिश्रमिक पनि नपाएको भारतीय मिडियाले खबर प्रकाशित गरेका छन् । उनले फिल्मका लागि ४०-४५ लाखको बीचमा पारिश्रमिक बुझेकी छिन् । 
 
त्यसो त जाह्नवीलाई मात्र होइन फिल्मको हिरोलाई पनि खासै महँगो पारिश्रमिक निर्माण टिमले तिरेको छैन । फिल्ममा सबैभन्दा बढी पारिश्रमिक निर्देशकले हात पारेका छन् । 
 
१. ईशान खट्टर
 
शाहिद कपूरका भाई ईशानले फिल्ममा जाह्नवीको हिरोको रोल प्ले गरेका छन् । उनलाई फिल्मका लागि ६० देखि ७० लाखको बीचमा 'फिस' दिइएको छ । खासमा 'धडक' उनको डेब्यू फिल्म होइन । योभन्दा पहिला उनले माजिद मजीदीको फिल्म 'बियान्ड द क्लाउड' मा काम गरिसकेका छन् । 
 
२. आशुतोष राणा
 
'धडक' मा आशुतोष राणाले हिरोइन जाह्नवीको पीताको भूमिका निर्वाहा गरेका छन् । उनलाई यस रोलका लागि ५० लाख तिरिएको छ । 
 
३. शशांक खेतान
 
'हम्प्टी शर्मा की दुल्हनिया' र 'बद्रीनाथ की दुल्हनिया' निर्देशन गरिसकेका शशांकले जाह्नवीको डेब्यु फिल्मको निर्देशन गरेका हुन् । उनले यसका लागि ४ करोड 'फिस' लिएका छन् ।  
 
४. नागराज मंजुले
 
मराठी फिल्म 'सैराट' को कहानीलाई नागराज मन्जुलेले लेखेका हुन् । 'धडक' यसको रिमेक हो । यसमा नागराजको कथालाई निर्माण टिमले २ करोड तिरेको छ । 
 
५. अजय-अतुल
 
फिल्ममा म्यूजिक अजय-अतुलको जोडीले दिएको छ । यी दुईलाई यस कामका लागि करीब १.५ करोड दिइएको छ । 
Most Visited News (monthly)