Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोजपुरी स्टार निरहुवासँग फिल्म गर्दै नीता

फिल्मीखबर, काठमाण्डौ, 2018/06/20
अभिनेत्री नीता ढुंगानालाई 'अनलक्की' नायिका भन्ने गरिन्छ । हातमा फिल्मको कमी नभएपनि उनका अधिकांश फिल्म बक्सअफिसमा चम्किन सकेका छैनन् । यसबीच उनको हातमा एक भोजपुरी फिल्म परेको छ । 
 
नाम नखुलाइएको फिल्ममा भोजपुरी स्टार दिनेशलाल यादव (निरहुवा) लिड रोलमा रहनेछन् भने नीता उनको अपोजिटमा देखिनेछिन् । फिल्मीखबरसँग फोनर्वार्ता गर्दै उनले भनिन्, 'पर्सिबाट फिल्मको छायांकन नेपालबाट सुरु हुँदैछ । स्क्रिप्ट चित्त बुझेर फिल्म गर्न राजी भएकी हुँ ।' 
 
 
उनले पहिलो पटक भोजपुरी सुपरटारसँग काम गर्न लागेकोमा खुसी व्यक्त गरिन् । उनले फिल्ममा आफ्नो भूमिकाको विषयमा जानकारी दिन निर्माण टिमबाट अनुमती नभएको बताइन् । उनी फिल्ममा आफ्नो भूमिका कमजोर नभएको बताउँछिन् । 
 
उनका अनुसार, उक्त फिल्मको नेपाल र भारतमा छायांकन हुनेछ । केही दिनमै एक कार्यक्रमका बीच बाँकी कलाकार र निर्देशकको नाम सार्वजनिक गर्ने तयारीमा निर्माण टिम रहेको बताइएको छ । 
 
यसअघि भोजपुरी स्टार निरहुवाले नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र चन्त निर्देशित भोजपुरी फिल्म 'निरहुवा चलल लन्डन' मा काम गरिसकेका छन् । उनी सांगीतिक कार्यक्रमसँगै फिल्मको छायांकनका लागि धेरै पटक नेपाल आइसकेका छन् । 
Most Visited News (monthly)