Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलमानको ‘भारत’ गर्न प्रियंकाले मागिन् १२ करोड

एजेन्सी, मुम्बई, 2018/06/19
अमेरिकन टिभी शो 'क्वान्टिको' को तेस्रो सिजन्स र आफ्नो हलिउड डेब्यू फिल्म 'बेवाच' गरेपछि अभिनेत्री प्रियंका चोपडा पुनः भारत फर्किएकी छिन् । चाँडै उनी एक बलिउड फिल्म गर्दैछिन् र सुरुवात बलिउड सुपरस्टार सलमान खानको फिल्म 'भारत' बाट हुँदैछ । 
 
यसपछि उनी ऋतिक रोशन स्टारर फिल्म 'कृष' को चौथो सिरिजमा देखिने चर्चामा छ । विदेशमा निकै कडा मेहनत पश्चात् प्रियंका अब आफ्नो हरेक एक प्रोजेक्टको चुनाव निकै सोचेर-सम्झिएर मात्र गरिरहेकी छन् । खबरअनुसार, 'कृष ४' का लागि मेकर्सले उनलाई फिमेल लिडका लागि अप्रोज गरेका छन् । 
 
 
प्रियंकालाई स्क्रिप्ट औधि मनपरेको छ तर उनी आफ्नो भूमिका ऋतिकको क्यारेक्टर जस्तै सशक्त र प्रभावशाली होस् भन्ने चाहन्छिन् । उनले जसरी नयाँ फिल्म सोच-विचार गरेर चुनिरहेकी छिन् त्यसरी नै पारिश्रमिकको मामलामा पनि उनी बलिउडका अभिनेतालाई टक्कर दिने दौडमा देखिएकी छन् । 
 
उनले अली अब्बास जफरको फिल्म 'भारत' का लागि १२ करोड पारिश्रमिक माग गरेको खबर प्राप्त छ । यसपछि उनी सबैभन्दा बढी फिस बुझ्ने अभिनेत्रीको लिस्टमा दीपिका पादुकोणसँग बराबरी गर्दै टपमा आउनेछिन् । दीपिकाले फिल्म 'पद्मावत' का लागि १२ करोड पारिश्रमिक लिएकी थिइन् । 
Most Visited News (monthly)