अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर नयाँ फिल्म ‘यो पागल मन’ को ‘मार्यो मार्यो’ बोलको गीत सार्वजनिक भएको छ । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल राइले कोरियोग्राफी गरेका छन् ।
.jpg)
गीतमा अभिनेता विनोद न्यौपाने र अभिनेत्री ऋचा फिचर छन् । असार २९ गतेबाट प्रदर्शनमा आउन लागेको कल्याण अधिकारी निर्देशित यस फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् ।
गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको पनि यो फिल्ममा अभिनय छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् ।
अनिल गौतमले यसमा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । कमल राइको कोरियोग्राफी रहेको ‘यो पागल मन’ मा द्वन्द निर्देशन राजु किराँतीको रहेको छ भने सामिप्यराज तिमल्सिनाले पटकथा तथा संवाद लेखेका हुन् ।
गीत हेर्नुस् :-

