Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रेस ३’ ले कमायो सय करोड, जित्ला ३ सय करोडको रेस ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/18
फेरि एकपटक बलिउड सुपरस्टार सलमान खानले आफूलाई भारतीय बक्सअफिसको 'किंग' साबित गरेका छन् । ‘रेस ३’ को सानदार सुरुवातसँगै फिल्मप्रतिको क्रेज अझै बढिरहेको छ । फिल्मले प्रदर्शनको मात्र तीन दिनमा सय करोडको झन्डा फहराएको छ ।
 
 
सय करोड रुपैयाँको कमाईको आँकडा पार गरेर ‘रेस ३’ वर्षको दोस्रो टप विकेन्ड ओपनर फिल्म बनेको छ । यो लिस्टको पहिलो नम्बरमा 'पद्मावत' छ । ‘रेस ३’ ले भारतीय बक्सअफिसबाट विकेन्डमा १ सय ६ करोड ४७ लाख कमाउन सफल भएको छ । 
 
फिल्मले पहिलो दिन २९ करोड १७ लाख, दोस्रो अर्थात् ईदको दिन ३८ करोड १४ लाख र तेस्रो दिन ३९ करोड १६ लाख कलेक्सन गरेको छ । ‘रेस ३’ तीन दिनमा सय करोड क्लबमा ईन्ट्री हुने सलमानको चौथो फिल्म बनेको छ ।  यसभन्दा पहिला यो लिस्टमा 'बजरंगी भाईजान', 'सुल्तान', 'ट्यूबलाइट', 'टाइगर जिन्दा हे' सामेल छन् । 
 
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, ‘रेस ३’ ईदमा रिलिज भएका सलमानको अहिलेसम्मकै दोस्रो सबैभन्दा ठूलो विकेन्ड ओपनर फिल्म बनेको छ । उक्त फिल्मले यो रेसमा 'एक था टाइगर' को विकेन्ड कलेक्सन सय करोडलाई समेत पछाडि छाडेको छ । 
 

पहिलो विकेन्डमा राम्रो कलेक्सन गर्न सफल ‘रेस ३’ ले अब बक्सअफिसमा निकै ठूलो च्यालेञ्जको सामना गर्नुपर्ने छ । वर्ड अफ माउथ 'झुर' रहेका कारण यो फिल्म विक डेजमा कमाई गर्न सफल हुन्छ वा हुँदैन यो हेर्न बाँकी छ । 
 
आउने हप्ता ‘रेस ३’ का लागि निकै महत्वपूर्ण छ किनकी २९ जूनमा यसको सामना रणबीर कपूरको मोस्ट अवे‍टेड फिल्म 'सञ्जू' सँग हुँदैछ । यस्तोमा अब ‘रेस ३’ को लाइफटाइम कलेक्सन २ सय वा ३ सय करोड कति हुनेछ त्यो भने समयले बताउनेछ ।
 
रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।
Most Visited News (monthly)