Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङ्गको ‘भैरे’ ट्रेलर रिलिज, बुद्धिको वर्षासँग रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/18
 
अभिनेता दयाहाङ्ग राई स्टारर फिल्म ‘भैरे’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरभित्र प्रेम, रोमान्स, कमेडी र एक्सनका झलक समेटिएका छन् ।
 
 
यसमा दयाहाङ्गको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ भने बुद्धि तामाङ्गले अभिनेत्री वर्षा सिवाकोटीसँग रोमान्स गरेका छन् । यसमा दया ‘भैरे’ को भूमिकामा छन् । साउन ४ गतेलाई प्रदर्शन मिति तय गरिएको यो फिल्मका निर्देशक एभरेष्ट सुर्य बोहरा हुन् । 
 
 
यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत फिल्मका सह-निर्मातामा छन् ।
 
 
नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को बनिष शाहले गरेका छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण दृश्य खिचेका छन् । 
 
 
सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)