Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

काठमाडौं फिर्‍यो ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम

फिल्मीखबर, काठमाण्डौ, 2018/06/17
 
यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ टिम राजधानी फिरेको छ । चार दिनको मोफसल टुर भ्याएर कलाकार र निर्माण टिम काठमाडौं ब्याक भएको हो । 
 
पोखरा, बुटवल, चितवन, हेटौँडा, धरान र बिराटनगरमा फिल्मको विषयमा सञ्चारकर्मीहरुलाई जानकारी दिँदै कलाकारहरुले दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार पनि गरे । मोफसलका विभिन्न कलेज पुगेर कलाकारले विद्यार्थीलाई फिल्मको विषयमा जानकारी समेत दिएका थिए । 
 
निर्माता डालचन्द्र दवाडीले मोफसल टुर उपलब्धिमुलक बनेको बताए । दवाडीसँगै अभिनेत्री मलिना जोशी, अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव-अभिनेत्री तमन्ना केसी, कार्यकारी निर्माता प्रकाश बाँस्कोटा, निर्देशक विकाश बस्याल सहितको टिम मोफसल यात्रामा निस्किएको थियो । 
 
यसको कथा निर्देशक आफैंले लेखेका हुन् । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् । मदन दवाडी र हरीप्रसाद अधिकारी पनि निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को सह-निर्मातामा विना कार्की छिन् ।
 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । 
Most Visited News (monthly)