Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

‘जीरो’ मा शाहरुख यसरी बने पुड्के

एजेन्सी, मुम्बई, 2018/06/16
 
'तनु वेड्स मनु रिटर्न्स' का निर्देशक आनन्द एल राय आफ्नो नयाँ फिल्ममा नयाँ तरिकाको परफेक्शन लिएर आउने गर्दछन् । यसपटक उनले कहानीका लागि बलिउड सुपरस्टार शाहरुख खानको हाइट ५ फिट ८ इन्चबाट घटाएर साढे २ फिट गरेका छन् । 
 
क्रिसमस विक २०१८ मा रिलिज हुन लागेको फिल्म ‘जीरो’ को बिहीवार टीजर सार्वजनिक भयो । टीजरमा सलमान खान, शाहरुखको पछाडिबाट आउँछन् । पछि, शाहरुख, सलमानको काखमा देखिन्छन् । जहाँ उनले सलमानलाई 'किस' पनि गर्छन् । 
 
 
हलिउडमा पनि अपनाइयो टेकनिक 
 
सन् २००१ मा पीटर ज्याकसनको फिल्म 'द लार्ड अफ द रिंग्स' मा पनि स्पेशल इफेक्ट्स प्रयोग गरिएको थियो । यसमा पनि कयौं कलाकारहरुलाई 'फोर्स्ड पर्सपेक्टिभ' तरिकाबाट होचो देखाइएको थियो । 
 
 
‘जीरो’ मा शाहरुखलाई होचो देखाउन प्रयोग गरियो 'फोर्स्ड पर्सपेक्टिभ' तरिका
 
फिल्म ‘जीरो’ मा होचो देखाउनका लागि दुई तरिकाको सेट तयार गरिएको थियो । एउटा सेट र क्यामेरा शाहरुखलाई पुड्के देखाउनका लागि र अर्को क्यामेरा बाँकी कलाकारलाई ठूलो देखाउनका लागि । 
 
दुई क्यामेरामा सुट गरिएको सिन स्पेशल क्यामेरामा 'सिंक' गरिन्छ । पछि त्यसलाई 'ओभरल्याप' गरिन्छ । यसमा क्यामेरा लेन्समा अब्जेक्ट (शाहरुख्) लाई टाढाबाट होचो देखिन्छ ।
 
यो फिल्म शाहरुख खानको आफ्नै होम प्रोडक्शन कम्पनी रेड चिलीजले निर्माण गरिरहेको छ । 'जीरो' का लागि 'फोर्स्ड पर्सपेक्टिभ' तरिकाको आधारमा सुट गर्न २ वर्ष तयारी गरिएको थियो । 
 
यसले ठिक त्यस्तो काम गर्छ, जुन एउटै फ्रेममा क्यामेरालाई विल्कुलै नजिक राखियो भने निकै ठूलो र टाढा राखियो भने निकै छोटो देखिन्छ ।  
 
 
‘जीरो’ मा छ श्रीदेवीको केमियो 
 
शाहरुखसँगै फिल्ममा कटरीना कैफ, अनुष्का शर्मा, अभय देओल पनि छन् । कयौं बलिउड स्टारहरुको यसमा केमियो छ । 
 
‘जीरो’ मा शाहरुख खानको पीताको भूमिका निर्देशक तिग्मांशु धूलियाले निर्वाहा गरेका छन् । फिल्ममा दिवंगत एक्ट्रेस श्रीदेवीको पनि केमियो छ । जसको छायांकन २०१७ मा गरिएको थियो । 
 
 
२९ वर्ष अगाडि कमल हासन बनेका थिए 'अप्पू राजा'
 
१९८९ मा अभिनेता कमल हासनले 'अप्पू राजा' फिल्ममा होचा व्यक्तिको भूमिका निर्वाहा गरेका थिए । त्यसबेला भिएफएक्स जस्तो टेकनिक हुँदैन थियो । कमलले हलिउडमा गएर पनि यस विषयमा जानकारी लिन खोजे तर उनलाई त्यहाँ पनि कुनै मद्दत मिलेन । 
फिल्ममा भूमिकाका लागि कमल हासनले खुट्टा बाँधेर छायांकन गरेका थिए, जसका लागि उनले स्पेशल बूट बनाएका थिए । यस्तै केही ठाउँमा स्पेशल क्रोमा प्रयोग गरेर उनले आफैंलाई पर्दामा होचो देखाए । 
 
बाँकी कलाकारभन्दा होचो देखिन कमल हासन आउटडोर सुटका लागि जमिनमा खाल्टो खनेर त्यसमा हिँड्थे । त्यसबेला फिल्म 'अप्पू राजा' करीब ८० लाखमा बनेको थियो । 
Most Visited News (monthly)