Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कुन पथमा प्रशान्त ?

फिल्मीखबर, काठमाण्डौ, 2018/06/15
'ह्याण्डसम भिलेन' का रुपमा कहलिएका अभिनेता प्रशान्त ताम्राकारलाई फिल्म 'ऐश्वर्य' ले अस्ताउँदै गरेको करिअरलाई 'रेस' दिन ठूलो मद्दत गर्‍यो । यसपछि उनको हातमा 'ब्याक टू ब्याक' फिल्म छ । 
 
उनी व्यस्त मात्र भएका छैनन् नेपालमा निकै कम नायकले बुझ्ने पारिश्रमिक अचेल उनी एक फिल्मबाट हात पार्ने गरेका छन् । प्राप्त जानकारी अनुसार, उनी अहिले एक फिल्म साइन गर्दा ६ देखि ८ लाखको बीच 'फिस' लिने गर्दछन् । 
 
'ऐश्वर्य' पछि उनी अभिनीत कुनै नयाँ फिल्म रिलिज भएका छैनन् । यो बीचमा उनले 'जय शम्भु', 'रणवीर', 'क्याप्टेन' जस्ता फिल्म गरिसकेका छन् । अझै केही फिल्म पाइपलाइनमा छन् ।
 
'ऐश्वर्य' रिलिजपछि संख्यात्मक नभएर गुणस्तरमा ध्यान दिने बताएपनि उनी अहिले आफ्नै कुरामा अडिक रहन सकेको देखिँदैन । 
 
'माग राम्रो भएको बेलै हातमा आएका कुनै फिल्म नछुटाउँ' भन्ने ध्यये उनमा देखिन थालेको छ । महिनै पिच्छे नयाँ फिल्ममा अनुबन्ध भएको खबर मिडियामा आइरहनुले यो कुरालाई स्पष्ट पार्छ कि उनी पनि अब पैसामुखी बन्दैछन् । 
 
शुक्रवार उनको प्रमुख भूमिका रहने नयाँ फिल्म 'कस्मिक लभ' को घोषणा काठमाडौंकोे पाँचतारे होटल अन्नपूर्णमा गरियो ।
 
यसमा उनीसँगै अर्पण थापा र दीया मास्केको पनि प्रमुख भूमिका छन् । वि.एस. बलामी र शंखर अधिकारीले यो फिल्मलाई संयूक्त रुपमा निर्देशन गर्दैछन् । 
 
घोषणा सभामा निर्माता जे.गौतमले 'कस्मिक लभ' सहित १० फिल्म निर्माण गर्ने जानकारी दिए । उनले निर्देशकमा वि.एस. बलामीलाई फाइनल गरिएकोे आशय व्यक्त गरे भने प्रमुख भूमिकामा प्रशान्तसँग कुरा भएको बताए ।
 
स्टेजमा विराजमान प्रशान्तले पनि निर्माता गौतमको कुरामा सहमती जनाउँदै टाउको हल्लाए । खाली हुनुभन्दा हातमा फिल्म परिरहनु एउटा कलाकारका लागि सुखद कुरा हो ।
 
तर, १० फिल्ममा एकैपटक अनुबन्ध हुँदा त्यसले उनको करिअरलाई कति घाटा वा नाफा पुर्‍याउँला ? यो सोचनीय विषय हुनसक्छ । 
 
पैसाको लोभमा जस्ता पनि फिल्म र जुनसुकै ब्यानर रोज्दा नेपालका धेरै 'स्टार' भनिएका कलाकारको करिअर चौपट भएका उदाहरण नेपाली फिल्म क्षेत्रमा खोजे जति छन् । प्रशान्तको पथ कुन हो ? हतार-हतार फिल्म गर्दै जाने वा गुणस्तरमा पनि ध्यान दिने ? 
Most Visited News (monthly)