.jpg)
वि.एस बलामी र शंकर अधिकारीको संयूक्त निर्देशनमा फिल्म ‘कस्मिक लभ’ निर्माण हुने भएको छ । अभिनेता द्वय अर्पण थापा, प्रशान्त ताम्राकार र अभिनेत्री दीया मास्केको लिड रोल रहने यो फिल्मको शुक्रवार काठमाडौंको पाँचतारे होटल अन्नपूर्णमा एक कार्यक्रमका बीच मुर्हूत गरिएको छ ।
.jpg)
रोमान्टिक, कमेडी र सस्पेन्स जनरामा निर्माण हुने बताइएको यो फिल्म मुभी मेकर्स प्रालिको ब्यानरमा बन्न लागेको हो भने सुरज प्रधान यसको प्रस्तुतकर्ता हुन् । जे. गौतमको निर्माण रहने फिल्मको कार्यकारी निर्मातामा डि.एन. दाहाल छन् ।
.jpg)
निर्देशक वि.एस बलामीले ‘कस्मिक लभ’ बनिरहेका फिल्महरुभन्दा फरक हुने बताए । 'ह्याण्डसम भिलेन' का रुपमा चर्चित अभिनेता प्रशान्तले स्क्रिप्ट चित्त बुझेका कारण फिल्ममा काम गर्न लागेको बताउँदै यसमा आफ्नो भूमिका अन्य फिल्मभन्दा फरक रहने खुलाए ।
.jpg)
फिल्ममा रविन तामाङ, राजाराम पौडेल, पुरन थापा, देव महर्जनलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यो फिल्मबाट रिजन थापाले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको गीतमा बवुल गिरीले संगीत भरेका छन् ।
.jpg)
यसमा बाबु साहेवको एक्सन, विपिन मल्लको सम्पादन रहनेछ । सुरेश बज्रचार्यले खिच्ने फिल्मको कथा शेखर ज्ञवालीले लेखेका छन् । कार्यक्रममा चलचित्र संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले फिल्मलाई शुभकामना दिए ।

