Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सविनको ‘ए सोल्टिनी’ को रिलिज तय

फिल्मीखबर, काठमाण्डौ, 2018/06/15
अभिनेता सविन श्रेष्ठ स्टारर फिल्म ‘ए सोल्टिनी’ को प्रदर्शन मिति तय भएको छ । निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए । 
 
 
दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सविनसँगै अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । 
 
जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी ’मा  सोल्टिनीको माया पाउन सोल्टाहरुले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ । कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दावी छ । 
 
बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्वन्द्व निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन् । 
 
ट्रेलर हेर्नुस् :-

Most Visited News (monthly)