Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सृष्टिलाई भेडेटार घुमाउने विनयको रहर

फिल्मीखबर, काठमाण्डौ, 2018/06/14
साउन ११ गतेलाई रिलिज डेट तय गरिएको लभस्टोरी फिल्म 'रोमियो एण्ड मुना' को नयाँ गीत सार्वजनिक भएको छ । 'भेडेटार घुमौला' बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचर्ड छन् । 
 
 
कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर छ । शब्द दिनेश राउतले लेखेका हुन् । गीतमा विनयले सृष्टिलाई भेडेटार घुमाउने इच्छा व्यक्त गरेका छन् । 
 
'भेडेटार' सहित फिल्मका चार गीत इन्टरनेट रिलिज भइसकेका छन् । अझै फिल्ममा समावेश एउटा गीत सार्वजनिक गर्न बाँकी रहेको निर्माता प्रशन्न गोपाली बताउँछन् । 
 
नरेश कुमार केसी निर्देशित फिल्म 'रोमियो एण्ड मुना' मा विनय र सृष्टि शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । साथै, यसमा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय छ । 
 
प्रशन्न गोपाली, राजी श्रेष्ठ, राम शर्मा र कविन शाक्यले फिल्म निर्माण गरेका छन् । 
 
गीत हेर्नुस् :-

Most Visited News (monthly)