Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जब स्वस्तिमाले प्रियंकालाई निशाना बनाइन् !

फिल्मीखबर, काठमाण्डौ, 2018/06/14
अभिनेत्री स्वस्तिमा खड्का अहिलेकी 'डिमान्डेड' अभिनेत्रीको लिस्टमा पर्छिन् । फिल्म 'दुई रुपैयाँ' को 'कुटुमा कुटु' गीत र फिल्म 'छक्का पञ्जा २' मा काम गरेपछि उनको लोकप्रियता चुलिएको हो । उनको यस वर्षको दशैंमा प्रतिक्षीत फिल्म 'जय भोले' रिलिज हुँदैछ । 
 
 
यसमा उनको लिड रोल छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत जस्ता कलाकारहरु पनि प्रमुख भूमिकामा छन् । बिहीवार फिल्ममा समावेश ‘उम्लियो भने पोखिन्छ...’ बोलको गीत सार्वजनिक भयो, जसमा सलोन र स्वस्तिमालाई बढी 'स्क्रिन स्पेस' दिइएको छ । 
 
रोचक कुरा त स्वस्तिमाको दशैंमा दुई फिल्म रिलिज हुँदैछन् । 'छक्का पञ्जा ३' मा उनी एक गीतमा देखिँदैछिन् भने 'जय भोले' मा उनी नै सोलो हिरोइन हुन् । यी दुवै फिल्मको रिलिज टार्गेट दशैं हो । आफू अभिनीत दुई फिल्म एकसाथ हलमा लाग्दा घाटा होला नी ? 'जय भोले' को गीत सार्वजनिक कार्यक्रममा स्वस्तिमामाथी पत्रकारको प्रश्न तेर्सियो । 
 
उनले यस प्रश्नको जवाफ दिन अभिनेत्री प्रियंका कार्कीलाई निशाना बनाइन् । उनले भनिन्, 'प्रियंका दिदीको एकसाथ चार फिल्म रिलिज हुँदा त केही भएन मेरो दुई फिल्म लाग्दा के हुन्छ र ?' उनी कड्किइन् ।  
 
स्मरण रहोस्, 'शत्रु गते' र 'लिलिबिली' हलबाट नउत्रिदै प्रियंका अभिनीत 'कोहलपुर एक्सप्रेस' र 'ह्याप्पी डेज' हलमा लागेका थिए । स्वस्तिमाले आफूले 'जय भोले' साइन गर्दा अरु फिल्म गर्नै नहुने भनेर सम्झौता नगरेको बताउँछिन् । 
 
 
उनी भन्छिन्, 'छक्का पञ्जा' टिम मेरो परिवार हो । गेस्ट रोलको अफर आएपनि म नाईँ भन्न सक्दिनँ । अशोक शर्मा दाईलाई 'छक्का पञ्जा ३' बाट अफर आए मैले गर्नुपर्छ भनेर भनेको थिएँ । उहाँले 'हुन्छ गर' भनेपछि मैले उक्त फिल्ममा काम गरेँ ।' 
 
'जय भोले' का निर्देशक अशोक शर्मा पनि स्वस्तिमाको कुरामा सहमती जनाउँछन् । 'एउटा कलाकार भएपछि फिल्ममा काम नगर्ने भन्ने हुँदैन । 'छक्का पञ्जा ३' बाट दीपकराज गिरी भाईले मलाई एउटा सिन गर्नुपर्छ भने म त गर्छु', निर्देशक शर्माले भने । 
Most Visited News (monthly)