Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘जय भोले’ गीतमा उम्लिए सलोन र स्वस्तिमा, खगेन्द्रले पनि लगाए ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/14
 
यस वर्षको दशैंमा रिलिज हुन लागेको मल्टिस्टारर फिल्म ‘जय भोले’ को पहिलो गीत सार्वजनिक भएको छ । बिहीवार राजधानीको कुमारी हलमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘उम्लियो भने पोखिन्छ...’ बोलको लोक लयको गीत सार्वजनिक गरिएको हो । 
 
गीतमा राजनराज सिवाकोटी र मेलिना राईको स्वर सुन्न सकिन्छ । राजनराज आफैंले संगीत भरेको गीतका कोरियोग्राफर बसन्त श्रेष्ठ हुन् । भिडियोमा फिल्मका लिड कलाकारहरु फिचर्ड छन् । अभिनेता सौगात मल्ल र बुद्धि तामाङ 'मित' लगाउँदै गर्दाको रमझम गीतमा देखाइएको छ । 
 
 
अभिनेता सलोन बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई गीतमा बढी 'स्क्रिन स्पेस' दिइएको छ । गीतमा यो कपलको जोडी कमालको देखिएको छ । 
 
अभिनेता खगेन्द्र लामिछाने, राजाराम पौडेललगायतका कलाकारहरु पनि गीतमा देखिएका छन् । गीतलाई संगीतकार सिवाकोटीले 'टाकान टुकुन' फ्लेवरमा तयार पारेका छन् । 
 
१२ वर्षपछि निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् । ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित यस फिल्मको बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको 'जय भोले' मा निर्माण र अभिनय पनि छ । 
 
 
झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।
 
गीत हेर्नुस् :-

Most Visited News (monthly)