Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आयो ‘यमला पगला दीवाना : फिर से’ को टीजर

एजेन्सी, मुम्बई, 2018/06/14
देओल फेमिलीको नयाँ फिल्म ‘यमला पगला दीवाना’ : फिर से’ को टीजर सार्वजनिक भएको छ । ईदको अवसरमा फिल्मको कमेडीले भरिएको टीजर सार्वजनिक गरिएको हो । टीजरमा धर्मेन्द्र, सनी र बबी देओलसँगै एक झलक सलमान खानको पनि देख्न सकिन्छ । 
 
 
यो फिल्म धर्मेन्द्र, सनी र बबी देओलको हिट फ्रेन्चाईजको तेस्रो सिरिज हो । यो फिल्म १५ अगस्टमा रिलिज हुँदैछ । यदि रिलीज डेट फेरबदल भएन भने ‘यमला पगला दीवाना’ : फिर से’ को अक्षय कुमारको फिल्म 'गोल्ड' र जोन अब्राहमको फिल्म 'सत्यमेव जयते' सँग भिडन्त हुनेछ । 
 
हालैमा फिल्म 'रेस ३' को ट्रेलरमा सलमान खान र बबी देओल सर्टलेस अन्दाजमा देखिएका थिए । अब फेरि 'यमला पगला दीवाना' को तेस्रो सिरिजमा यी दुई सँगै देखिनेछन् । टीजरमा यी दुईको साथमा कुनै सिन सामेल नगरिएता पनि ट्रेलरमा दुई साथ देखिने विश्वास लिइएको छ । 
 
फिल्मको तेस्रो सिरिजमा धर्मेन्द्र, सनी र बबी गुजराती अवतारमा देखिनेछन् । फिल्मलाई निर्देशन नवनैत सिंहले गरेका हुन् । उनी पञ्जाबी फिल्मका चर्चित निर्देशक हुन् । उनको निर्देशनमा ‘यमला पगला दिवाना ३’ पहिलो बलिउड फिल्म हो । 
 
टीजर हेर्नुस् :-

Most Visited News (monthly)