Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘तिमी हुन्छौ जहाँ जहाँ’ मा लभसँगै एक्सन

फिल्मीखबर, काठमाण्डौ, 2018/06/14
 
असार ८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको लभस्टोरी फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को यतिबेला निर्माण टिमले प्रचार-प्रसारलाई तिव्र बनाएको छ ।  ‘रानी’ जोडी अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री मलिना जोशी स्टारर यो फिल्मको अहिले मोफसलमा पब्लिसिटी सुरु गरिएको छ । 
 
बुधवार मनिष र मलिनासँगै नव-अभिनेत्री तमन्ना केसी, निर्माता दाल चन्द्र दवाडी, कार्यकारी निर्माता प्रकाश बासकोटासहितको टोली चितवन पुगेको छ । नारायणगढमा आयोजित पत्रकार भेटघाटमा अभिनेत्री जोशीले ‘तिमी हुन्छौ जहाँ जहाँ’ मा लभसँगै एक्सन पनि रहेको बताइन् । 
 
आफ्नो भूमिकाको विषयमा खुल्दै उनले भनिन्, 'फिल्ममा एउटा सरल युवतीको भूमिका निर्वाहा गरेकी छु, जो धरानबाट ठुलो सपना बोकेर काठमाडौं आएकी हुन्छे ।' उनी आफ्नो भूमिकाले दर्शकलाई निराश नबनाउनेमा ढुक्क छिन् । 
 
अभिनेता श्रेष्ठले फिल्म राम्रो बनेको बताए । उनी भन्छन्, 'पहिलो फिल्म ‘रानी’ भन्दा मैले राम्रो काम दिने प्रयास गरेको छु । रिलिज डेट नजिकिँदै गर्दा मनमा डरसँगै दर्शकको प्रतिक्रिया सुन्न आतुर छु ।' उनले फिल्म युवा पुस्ताले मन पराउनेमा आशावादी रहेको सुनाए । 
 
यस्तै, नव-अभिनेत्री तमन्ना केसीले आफूले कल्पना गरेको जस्तै फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ रहेको बताइन् । उनी फिल्मले लभ र रोमान्स मात्र नभएर फ्रेण्डसिपको कथा पनि बोल्ने बताउँछिन् । 
 
‘यो अन्य फिल्मभन्दा भिन्न छ,’ निर्देशक विकाश बस्याल कार्यक्रममा भन्छन्, ‘लभस्टोरी प्याटन्टमा बनेको फिल्म हो तर यसमा एक्सन पनि छ ।’ उनले फिल्मको निकै प्रशंसा गरे ।  ‘मसलेदार फिल्म बनेको छ,’ निर्देशक बस्यालले थपे । 
 
यसको कथा निर्देशक आफैंले लेखेका हुन् ।  मदन दवाडी, दालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह-निर्मात्रीमा छिन् ।
 
 
यसमा विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् । 
 
कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ । 
Most Visited News (monthly)