Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली मल्टिप्लेक्समा ‘रेस ३’ लाई सर्वाधिक शोज

फिल्मीखबर, काठमाण्डौ, 2018/06/14
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘रेस ३’ शुक्रवारबाट संसारभर एकसाथ प्रदर्शनमा आउँदैछ । यसको दुई सिरिज सुपरहिट भएका कारण पनि यो फिल्मतर्फ दर्शकको चासो बढी छ । सलमानको प्रवेशले पनि थप फिल्मप्रति दर्शकमा कौतुहलता बढाएको छ । 
 
एक्सन प्याक्ड ट्रेलरदेखि स्तरिय गीतसंगीतका कारण प्रतिक्षीत बनेको यो फिल्मको बुधवार साँझबाट नेपालका मल्टिप्लेक्समा एडभान्स बुकिङ खुल्ला गरिएको छ । फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो । 
 
 
बुकिङ खुलेसँगै दर्शकहरुले टिकट रिजर्भ गर्न थालिसकेका छन् । राजधानी भित्र र बाहिरका अधिकांश मल्टिप्लेक्समा फिल्मको टिकट तिव्र गतिमा बुकिङ भइरहेको छ । यस्तै रहे रिलिज अगावै मल्टिप्लेक्समा फिल्मले पाएको प्रायः शोज सोल्डआउट हुने देखिन्छ । 
 
सलमानको ‘रेस ३’ लाई नेपालको सबैभन्दा ठूलो चेन भएको क्यूएफएक्सले ३० शोज उपलब्ध गराएको छ । यो संख्यामा क्यूएफएक्सले आजसम्म न नेपाली न त बलिउड फिल्मलाई नै शोज बाढेको थियो । सुरुवातमा १७ र त्यसपछि २८ शोज दिएपनि तिव्र गतिमा भइरहेको बुकिङका कारण क्यूएफएक्सले २ शोज बढाएको हो । 
 
‘रेस ३’ ले क्यूएफएक्स अन्तगर्तको सिभिल मलमा ८ शोज, लाबिङ मलमा ७ शोज, छायाँमा ८ शोज, कुमारीमा ४ शोज र जय नेपालमा ३ शोज पाएको छ । यो फिल्म '३डी' मा बनेका कारण क्यूएफएक्सले आफ्नो '३डी' हल सिभिल मलमा १, लाबिङ मलमा २ र कुमारीमा १ शोज गरि कूल चार शोज दिएको छ । 
 
यस्तै, यो फिल्मलाई राजधानीका अन्य मल्टिप्लेक्सले पनि उच्च शोज दिएका छन् । बिग मुभिजले १० शोज, क्यूज सिनेमाजले '२डी' र '३डी' गरि कूल १० शोज, विएसआर मुभिजले '२डी' र '३डी' गरि कूल १० शोज र एफक्यूबले '२ डी' र '३ डी' गरि कूल १५ शोज उपलब्ध गराएको छ । एडभान्स बुकिङ आक्रामक भएको खण्डमा पुनः शोजमा वृद्धि हुनेछ । 
 
गोपीकृष्ण मुभिजले यो फिल्मको नेपाल प्रदर्शन अधिकार किनेको हो । यसअघि पनि सलमानका अधिकांश फिल्मको नेपाल वितरण अधिकार गोपीकृष्णले नै प्राप्त गर्दै आएको थियो । ‘रेस ३’ मल्टिप्लेक्ससँगै नेपालका अधिकांश सिंगल हलमा पनि रिलिज हुँदैछ । प्राप्त जानकारी अनुसार, फिल्मले सयबढी सिंगल 'स्कृन' पाएको छ । 
 
बलिउडका ठूला स्टारको फिल्म रिलिज हुँदा नेपाली कुनै पनि फिल्म रिलिज नहुने परम्परा यसपटक पनि दोहोरिन चुकेन । ‘रेस ३’ का कारण शुक्रवार नेपाली कुनै पनि फिल्म रिलिज नहुने भएका छन् । अब यसको फाइदा सलमानले राम्रै उठाउनेछन् । 
 
 
वर्षौदेखि नेपाली बजारमा समेत राज गरिरहेका अभिनेता खानका नेपालमा पनि असंख्य डाइहार्ट फ्यान छन् । उनका हरेक फिल्मले नेपाली बजारबाट बोराका बोरा पैसा बटुल्ने गर्दछन् । एक्सन फिल्ममा सर्वाधिक रुचाइने सलमानको ‘रेस ३’ ले पनि नेपाली बजारबाट कराडौं पैसा छाप्ने आँकलन गरिएको छ ।
 
रेमो डिसूजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलीन फर्नान्डिज, बबी देओल, अनिल कपूर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।
Most Visited News (monthly)