Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘लुट’ निर्माता पूर्वक्षका लागि जेल चलान

फिल्मीखबर, काठमाडौं, 2018/06/13
नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता माधव वाग्ले पूर्वक्षका लागि जेल चलान भएका छन् । वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पनि जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको छ । 
 
 
प्रहरीले गत जेठमा ६ जनालाई दुई करोड ५० लाख नक्कली नोटसहित पक्राउ गरेको थियो । यस्तै, सोही मुद्दामा पक्राउ परेका प्रकाश सुवेदी र विवेक नापित १-१ लाख धरौटीमा छुटेका छन् भने साजन भुलुन साधारण तारिखमा छुटेका छन् । 
 
वाग्लेले नयाँ फिल्म ‘चङ्गाचेट’ को प्रायोजनका लागि नक्कली नोट छापेको प्रहरीसमक्ष बयान दिएका थिए । नक्कली नोट कारोबार गरेको खुलेपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो । 
Most Visited News (monthly)