Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘टिनएज’ को नयाँ रिलिज डेट घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2018/06/13
फिल्म ‘टिनएज’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । निर्देशक दिनेश पाख्रिनले साउन २५ गतेलाई फिल्मको रिलिज डेट तय गरिएको जानकारी दिए । गएको असोज २७ गतेबाट यो फिल्मको रिलिज पोस्टपोन्ड भएको थियो ।  
 
यस फिल्मले युवापुस्ताको कथा बोकेको छ । नेपालअघि जापान र कोरियामा प्रर्दशन हुने ‘टिनएज’ मा नरेश वीर सिंह, प्रतिक्षा खड्का, एन्जीला खड्गी, कृष्ण सिवाकोटी, सरिता राजभण्डारी, सरोज शाहलगायतका कलाकारको अभिनय रहेको छ । 
 
विकास चौधरी र बसन्त सापकोटाको संगीत रहेको फिल्ममा डा. कृष्णहरी बराल, हरी उप्रेती र सबिना केसीको गीत रचना छ । यसमा  दिक्षा पाख्रिन, लिगेश भट्टराई, सोम लामा, जनक कार्की र दिपक सिंहको कोरियोग्राफी रहेको छ ।
 
हेलेन पाख्रिन फिल्मस्को ब्यानरमा हेलेन पाख्रिनको प्रस्तुती ‘टिनएज’ लाई बिरु मगर, बुद्धिमान स्याङतान, चिनीमाया पाख्रिन र देविका खड्गीले संयूक्त रुपमा निर्माण गरेका हुन् । 
Most Visited News (monthly)