Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अस्ताए कलाकार भिमबहादुर थापा, छोरीले दिइन् दागबत्ती

फिल्मीखबर, काठमाण्डौ, 2018/06/13
 
बरिष्ठ कलाकार भिमबहादुर थापाको बुधवार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । छोरा अमेरिकामा भएका कारण उनको पार्थिव शरीरमा जेठी छोरीले दागबत्ती दिएकी छन् । उनका २ छोरी र १ छोरा छन् ।
 
 
दर्जनौं फिल्म, टेलिफिल्म सँगै रेडियो नाटकमा अभिनय रहेका कलाकार थापाको ९२ वर्षको उमेरमा गएराती बिहान २ बजे मैतिदेवीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित थिए । 
 
 
प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने तयारी भएता पनि पूर्ननिर्माणको काम चलिरहेका कारण कलाकार थापाको पार्थिव शरीरलाई बिहान ११ बजे सिधै पशुपति आर्यघाट पुर्‍याइएको थियो । 
 
 
अन्तिम श्रद्धाञ्जली दिन पुशपति आर्यघाटमा सयौं चलचित्रकर्मीदेखि शुभचिन्तहरुको उपस्थिति थियो । सिताराम कट्टेल, बसुन्धरा भुषाल, नीर शाह, चैत्यदेवी, आकाश अधिकारी, नवल खड्का, सरिता लामिछाने, रामकेशर बोगटी लगायतका चलचित्रकर्मीहरुले आर्यघाट पुगेर कलाकार थापाप्रति श्रद्धाञ्जली अर्पण गरे । 
 
 
हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला आफ्ना ‘धर्म बा’ को निधन भएपछि 'छक्का पञ्जा ३' को सुटिङ रोकेरै काठमाडौं आएकी छिन् । मैतिदेवीदेखि पशुपति आर्यघाटसम्म कलाकार थापाको पार्थिव शरीर पुर्‍याउँदा दीपाश्रीको आँखा ओभानो थिएन । 
 
 
रुँदा-रुँदा थाकेका रसिला आँखाले उनको ‘धर्म बा’ प्रतिको प्रेम दर्शाउँथ्यो । परिवारका कोहिँ सदस्य भावविह्लल हुँदा उनी पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । भिमबहादुर र दीपाश्रीले ‘देवि’, ‘तीतो सत्य’ जस्ता सिरियलमा सँगै काम गरेका थिए । 
 
 
वि.सं १९८३ साल असार १३ गते खोटाङ जिल्लाको रावा, लामिडाँडामा जन्मिएका कलाकार भिमबहादुर थापा सन् १९४२ मा ब्रिटिस आर्मीमा भर्ना भइ सन् १९४५ को दोश्रो विश्वयुद्ध समेत लडेका थिए । उनको निधनमा नेपाली सेनाले सलामी दिँदै सम्मान प्रकट गरेको छ । 
Most Visited News (monthly)