Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार भिमबहादुर थापाको निधन

फिल्मीखबर, काठमाण्डौ, 2018/06/13
 
बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित उनको घरमा नै निधन भएको हो । 
 
कलाकार थापाले दर्जनौ फिल्म, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म 'तीतो सत्य' मा काम गरेपछि उनको लोकप्रियता थप चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा पनि कार्यरत थिए । 
 
कलाकार थापा, हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौलाका ‘धर्म बा’ समेत हुन् । भिमबहादुर र दीपाश्रीले ‘देवि’ सिरियलदेखि नै सँगै काम गरेका थिए । आफ्ना ‘धर्म बा’ को निधन भएपछि निर्देशक निरौला आफू निर्देशित फिल्म 'छक्का पञ्जा ३' को सुटिङ रोकेर काठमाडौं आउँदैछिन् । 
 
 
उनको बुधवार बिहान १० बजे पशुपति आर्यघाटमा दाहासंकार गरिँदैछ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा राखिने तयारी भइरहेको छ । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् । 
Most Visited News (monthly)