Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘चिँ मुसी चिँ’ को शिर्ष गीतमा नम्रताको ठुम्का (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2018/06/12
साउन ११ गतेलाई प्रदर्शन मिति तय गरिएको म्यूजिकल थ्रिलर जनरामा निर्मित फिल्म ‘चिँ मुसी चिँ’ को लोक लयको शिर्ष गीत सार्वजनिक भएको छ । 
 
गीतमा नेपाल आइडलको पहिलो सिजनको उत्कृष्ट पाँचसम्मको यात्रा तय गरेर बाहिरिएकी सुजाता पाण्डेको स्वर सुन्न सकिन्छ । उनले पहिलो पटक नेपाली फिल्मको गीतमा स्वर दिएकी हुन् । 
 
 
सन्तोष पोखरेलको शब्द रहेको गीतमा करणराज कार्कीको संगीत छ । गीतको भिडियोमा अभिनेत्री नम्रता सापकोटाले ठुम्का लगाएकी छिन् । विक्रम स्वाँरको कोरियोग्राफी रहेको गीतमा फिल्मका लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्माका साथै शिवराज शर्मा पनि देखिएका छन् । 
 
यो फिल्मलाई निर्देशक दिनेश श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । 
 
यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरज अधिकारीको संगीत रहेको छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।
 
‘चिँ मुसी चिँ’ मा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवालागयतका कलाकारहरुको अभिनय छ । 
 
भिडियो :-

Most Visited News (monthly)