Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘छक्का पञ्जा ३’ को गीतमा सिमित वर्षा

फिल्मीखबर, काठमाण्डौ, 2018/06/12
सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को दुई सिरिजमा लिड रोलमा रहेकी अभिनेत्री वर्षा राउत ‘छक्का पञ्जा ३’ मा भने एक गीतमा मात्र सिमित हुने भएकी छिन् । निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षीत रहेको यो फिल्मको हाल अन्तिम चरणको छायांकन भइरहेको छ । 
 
निर्देशक दीपाश्री निरौलाले ‘छक्का पञ्जा ३’ मा अभिनेत्री वर्षा राउत एक गीतमा देखिने जानकारी दिइन् । फिल्मीखबरसँगको फोनवार्तामा उनले भनिन्, 'हामी फिल्मको सम्पूर्ण दृश्य सकाएपछि गीत खिच्नेछौं । गीतमा वर्षा पनि देखिनेछिन् ।' 
 
उनका अनुसार, वर्षाको फिल्ममा एक गीतबाहेक अन्य सिन हुने छैन । रोचक कुरा त यो फिल्ममा उनका प्रेमी संजोग कोइरालाको पनि अभिनय छ ।
 
उनले आफ्नो भागको सिन भने भ्याइसकेका छन् । अभिनेता पुष्प खड्काले अन्तिम समयमा फिल्म नगर्ने निर्णय लिएपछि निर्माण टिमले उनको ठाउँमा संजोगलाई भित्राएको थियो । 
 
गएको शनिवार मात्र अभिनेत्री स्वस्तिमा खड्काले पनि यो फिल्म ज्वाइन गरेकी थिइन् । यसअघि उनी फिल्ममा हुने विषयमा निर्माण टिमले कुनै जानकारी दिएको थिएन । उनको एक गीत र केही सिन रहने बताइएको छ । 
 
यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । 'छक्का पञ्जा ३' मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् । 
Most Visited News (monthly)